“सहयोग गरौं हजुर ! सहयोग गरौं !!”
बाढी, पहिरो पीडितका लागि सहयोग उठाउँदै हिंडेको समूहले माइकिङ गरिरहेको थियो ।
मानिसहरू कसैले चामल, दाल, तरकारी कसैले लत्ताकपडा त कसैले गच्छे अनुसार पैसा दिइरहेका थिए।
ब्यानर सहितको उक्त समूह सहयोग उठाउँदै अगाडि बढिरहेको थियो ।
अलि पर बाटो किनारमा चामलका बोराहरू थुप्रिएका थिए । नजीकै डोजरले खाल्डो खन्दै थियो ।
“हैन्, यो के गर्न लागेको हो ?” समूहको एकजनाले जिज्ञासा राखे ।
“बजार अनुगमन गर्दा घुन, चिल्सा भएको गुणस्तरहीन चामल बिक्री गरेको भेटिएकोले खाल्डो खनेर पुर्न लागेको ।” अनुगमन टोलीको नाइकेले प्रष्ट पार्यो ।
“बाढी, पहिरो पीडितको लागि खाद्यान्न अभाव छ । हामी सहयोग उठाउँदै हिंडेका छौं । बरु त्यो चामल यतै लगौं न ।” समूहबाट आशातीत आग्रह भयो ।
“हैन हैन, त्यसो गर्न नियमले मिल्दैन । यो चामल खाल्डोमै पुर्नुपर्छ ।” अनुगमन टोलीले जवाफ दियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।