“थाहा पायौ, उदयको जागिर चट भएछ ?” कृष्णे ड्राइभरले आफूले चलाउने गाडीको चाबी हातमा घुमाउँदै भन्यो ।
“तेरा हाकिमले पो गाडीमा गफ गर्दै हिंड्छ्न् । सबै थाहा पाउँछस् ।” तुल्सीले भन्यो ।
“कहाँ हाकिम बाट थाहा हुनु, हिजो भाउजूबाट थाहा पाएको ।” कृष्णे ड्राइभरले भन्यो ।
“ए मैले आफ्ना हाकिमलाई लिएर काजमा गयो होला ठानेको । बिचरा के गर्छ अब ? ढाडको दुखाइले बेला बेलामा सताउँछ । गह्रौँ भारी उचाल्न सक्दैन ।” तुल्सीले सहकर्मीको चिन्ता व्यक्त गर्यो ।
“के गर्नु हाम्रो जागिरको भर नै नहुने ।” लामो श्वास तान्दै कृष्णेले भन्यो ।
“गाडी राम्रो चलाउँथ्यो । अरू व्यवहार पनि राम्रो थियो । इमानदार पनि हो । हाम्रो अफिसका हाकिमहरूका पनि केही कुरा बुझ्न सकिंदैन । किन हटाएछन् उदयलाई ?” तुल्सीले प्रश्न गर्यो ।
कृष्णे ड्राईभरको जवाफ थियो, “घर गएको बेला मेडमले ग्यास सिलिन्डर बोक भन्दा आज सक्दिन मेडम भनेछ रे ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।