सुकरातलाई ३ वटा विकल्प दिइएको थियो मर्नका निम्ति:

१) ओलम्पिया पहाडबाट गुल्ट्याइने,

२) तरबारले गर्दन छप्क्याइने वा

३) हेमलक विष दिइने ।

सुकरातले भने, “यी कुनै पनि विकल्पको प्रयोगले आत्मा मर्दैन, आत्मा नै मर्ने अर्को विकल्प छ ।”

“त्यो के हो ?” उनलाई सोधियो

“अहिलेको भ्रष्ट, अयोग्य र अविवेकी शासकको कुर्सीमा मलाई राखिदिने, त्यसबाट मेरो आत्मा मर्छ,” सुकरातले भने ।

तर उनलाई विष नै दिइयो ।

त्यो कुर्सी शायद पछि नेपाल पठाइयो ।