सम्पदा सबेरै उठेर पढ्ने गर्थिन् । अझैसम्म बुबाआमाले पढ, गृहकार्य गर भन्नुपरेको छैन । घरमा पकाएका खाना मात्रै खाने गर्छिन् । बाहिरका प्रायः खान हुन्न भन्ने ऊनले आफ्नो आमाबाट जानेकी थिइन् । घरमा आफ्नो आमाबुबालाई कहिल्यै पनि दुःख दिने र सताउने गर्दिनन् । अपरिचित व्यक्तिबाट टाढै रहन्छिन् ।
ऊनी विद्यालयबाट घर आएपछि कपडा परिवर्तन गरी, हात मुख धोएर गृहकार्य गर्न बसिहाल्थिन् । आमाले जति सम्झाउँदा भएन । होमवर्क सकेर मात्र खाने गर्थिन् । एकदमै असल बानी थियो । छिमेकी पनि ऊनको असल बानीले छक्कै पर्थे । टोलछिमेकमा होस् या स्कूलमा उदाहरण दिनुपर्दा सम्पदाको नै नाम आउँथ्यो ।
एक दिन छिमेकमा नयाँ परिवार आयो । आमा, बुबा र एक छोरी ३ जनाको परिवार । सम्पदाकै उमेरकी कल्पना रहिछन् । अब सम्पदा र कल्पना साथी भए ।
कल्पनाका बुबा र आमा जागीरका कारण ढिला घर आउँथे । कल्पना सम्पदा कै घरमा बस्थिन् । कल्पना प्रायः होमवर्क विद्यालय जाने बेलामा गर्थिन् । सम्पदाको होमवर्क गर्ने बानी र नियमित पढ्ने बानीले कल्पनालाई प्रभावित पारेको थियो । कल्पनाका बुबाआमा पनि सम्पदाको संगतले छोरी अध्ययन गर्ने, राम्रो कुरा सिक्ने गरेकोमा खुशी थिए ।
एक दिनको कुरा हो । स्कूलमा अन्तिम परीक्षा आउन लागेको थियो । सम्पदा पढाइमा सधैं प्रथम आउने गर्थिन । सम्पदाले विद्यालयमा मिसले किताब खाने जादु सिकाएको र त्यो जानेको छिमेकीलाई देखाउने इच्छा व्यक्त गरिन् ।
अनि छिमेकमा सबै केटाकेटी जम्मा भए । कतिका त अभिभावक समेत जम्मा भएका थिए ।
अनि सम्पदाले एउटा किताब हातमा समातेकी थिइन् । ऊनले किताब अर्को साथीलाई दिइन् र आफ्नो जादु शुरू गर्दै किताबमा भएका सबै १/१ पढेर सुनाइन् । ऊनले पाठ सबै कण्ठ पारेकी थिइन् । सबैले कति जानेको, किताब नै सिद्ध्याएको भन्दै छक्क परे ।
अनि टोलका केटाकेटी सबैले सम्पदाको किताब खाने जादु सिक्ने प्रण गरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।