“ल राम्रोसँग पल्टनुहोस् त बुबा ।” डाक्टर साहेबले भने ।
हरिनन्द बाले डाक्टरले भने जस्तै गरे । उहाँको जाँच गरियो । नरे बासँगैको कुर्चीमा बस्यो । डाक्टर साहेब नरे तर्फ हेरेर भन्नु भयो “मैले रगत, पिसाब र एकसरे गर्न लेखेको छु गराएर रिपोर्ट ल्याउनु होला । ”
डाक्टरलाई अभिवादन गरेर बाउछोरा निस्के । बालाई कुर्चीमा राखेर ऊ काउन्टर तर्फ दौडियो । आएर बालाई प्रयोगशाला लग्यो । रगत निकालियो । रगत र पिसाबको परीक्षण गर्न दिएर एकसरे गरियो । सबै रिपोर्ट तयार भए पछि पुनः डाक्टरको कोठामा गएर देखाइयो ।
“बुबालाई अब हाम्रो निगरानीमा औषधि चढाउनु पर्ने देखियो । म लेखिदिन्छु । आज भर्ना गरौं ।” डाक्टरसाहेबले भने ।
सबै प्रक्रिया अपनाएर भर्ना गरियो । बेडमा सुते पछि हरिनन्द बाको रक्तचाप परीक्षण गरी नर्सले भनिन्, “प्रेसर त बढेको छ त बुबा ।”
हरिनन्दबाको ध्यान भने छोरातर्फ नै थियो । सबै काम सकेर नरे बाको छेउमा कुर्चीमा बसेको मात्र थियो ।
हरिनन्दबाले सोध्नुभयो, “यो अस्पताल सस्तो छ कि महँगो राम्रोसँग बुझिस् ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।