सञ्जय शान्ति सुवेदी

हिमालय पर्वतकाे काखमा नेपाल नामकाे ठूलाे जङ्गल थियाे । प्रत्येक पाँच वर्षमा जङ्गलकाे राजा चुनिने प्रजातान्त्रिक अभ्यास पनि थियाे । दुर्भाग्यवश तिकडम गरेर बूढाे अल्छी बाघले सधैँ नै बाजी मार्दथ्याे ।

पछिल्लाे चुनावमा बाघले मीठाे भाषण दिएर सबैकाे मन जित्न भन्याे – म तपाईंहरु कसैलाई खान्नँ र अरुबाट पनि बचाउँछु ।

बहुसंख्यक खुसी भए र उसलाई जिताए तर उसकाे बानी सुध्रिएन । अर्काे पाँच वर्षमा फेरि चुनाव आयाे ।

उसले भन्याे- म अघाइसकेँ, अब म खान्न मलाई पुगिसक्याे । तर, नयाँलाई ल्याउनु भयाे भने त्यसले मेरैझैँ पक्कै खानेछ । याे अन्तिम पटक मलाई जिताउनुस् । बाचा गर्छु म अब तपाईँहरुलाई खान्नँ ।

त्यसैले फेरि सबैले जिताए उसलाई । उसकाे बानी सुध्रिएकाे थिएन । याे पटक भने केही स्यालहरु मिलेर हराउने याेजना बनाए । इनारमा नयाँ बाघ आएकाे र उसले भनेकाे नमाने हामीमाथि राज गर्ने बताएकाे सुनाए ! सबैभन्दा बाठाे स्याललाई कर्याप्प खाँदै बूढाे बाघले भन्याे – यस्ता पुरानाे कथा सुनाएर मलाई च्यूत गर्न सक्दैनाै, तरुणा स्यालहरु हाे । बाँकी स्यालहरुलाई लक्षित गर्दै बूढाे बाघले भन्याे- बाँच्न मन छ भने बरु म एउटा उपाय दिन्छु । कि मरूभूमिमा पलायन हुनू वा त गाउँघर पसेर बाख्रा वस्तुभाउ शिकार ल्याउनू वा अर्काे जङ्गलबाट हरिणहरु लुटेर म ‘ठाम ल्याउनू ! तबमात्र याे जङ्गल मपछि तिमीहरुलाई सुम्पने छु ।

नेता बन्ने दाैडमा यही उपयुक्त बाटाे ठानेर बाठा स्यालहरु बूढाे बाघकाे सुझाव मान्दै अझै सक्रिय भइरहेछन्, नेता बन्न ।

 

पाेखरा
हाल: न्युजिल्यान्ड