मैत्री भाव राखेर उसले हात बढायो । प्रभावित थियो ऊ नितेशबाट । नितेशले उसलाई भनेको थियो— ‘‘मित्र ! मित्रताको अर्थ सजिलोसँग भन्नुपर्दा बरोबरको हेराई र समान व्यवहार हो । कोमलभन्दा कोमल भावको भिजाइ नै मित्रताको अमरता हो ।’’
उसले नितेशको दुवै हात बेस्सरी अँगालोमा कस्यो । कताबाट हो कुन्नि दुई थोपा आँसु झरेर नितेशको कुममै परेछ । अँगालो फुकाएर नितेशले उसको कुम हलुका थपथपायो । उसले डेराबाट लगेर नितेशलाई घरमै राख्यो ।
केही समयपछि नितेशको मैत्री भाव यति बढिसकेको थियो कि त्यो उसले चालै पाएन । एक दिन घर पस्दा उसले नितेशलाई पनि देखेन साथसाथै श्रीमतीलाई पनि । ढोका खुल्लै राखेर उनीहरू बाहिरिइसकेका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला