“ओइ हेर त मेरो ट्याटु कस्तो देखिएको छ ?” रियाले टिसर्ट तन्काएर आफ्नो स्तन माथि ‘माई लभ’ लेखिएको ट्याटु क्रिष्टिनालाई देखाई ।
“ए तैँले पनि बनाइस् ट्याटु ! खै हेरौं त ! आहा कति राम्रो रहेछ !” रिष्टिनाले प्रतिक्रिया दिइन् ।
उमेरले भर्खरै १५/१६ लागेका ति किशोरी शनिवार बाहिर कतै घुम्न जाने तरखरमा थिए ।
क्रिष्टिनाले भनिन्, “तँलाई थाहा छ, मैले अर्को पनि ट्याटु हानें नि !”
“ए हो र, खोइ खोइ देखा त कस्तो बनाइछस् !” रियाले उत्साहित भएर सोधिन् ।
क्रिष्टिनाले फ्रक पल्टाएर नाइटोदेखि २ इन्च तल खोपिएको ट्याटु देखाउँदै भनिन्, “माथिको ट्याटु देखेर घरमा सबैले गाली गरे, त्यही भएर मैले यहाँ तल बनाएको !”
“वाउ ! कस्तो राम्रो बटरफ्लाइ बनाएको रहेछ !” रियाले प्रतिक्रिया दिइन् ।
यत्तिकैमा क्रिष्टिनाको मोबाइलमा म्यासेनजरको नोटिफिकेसन आउँछ ।
ऊ आफ्नो मोबाइल हेर्दै भन्छे, “ए, त्यही ट्याटुवाला दाइको म्यासेज रहेछ !”
मेसेजमा ट्याटु बनाउने बेलामा खिचेका संवेदनशील अङ्गका फोटाहरूका साथै “आज ठीक चार बजे पुलबजारको ‘सन्तुष्टि होटेल´मा आउनु, नत्र यो सबै फोटो तिम्रो परिवारलाई र सामाजिक सञ्जालमा पोस्ट गरिदिनेछु !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।