‘म चाहन्न इन्सुलिनमा अड्केको जिन्दगीलाई अरू बाल घडीमा लिन । कसैको किड्नी लिएर कृपाको विष पिउन ।’ ऊ भन्दै थियो मधुमेहको रोगी शम्भु !
उसको रोगले उसलाई त्यो ठाउँसम्म पुर्याइसकेको थियो जुन ठाउँको अन्तिम उपाय किड्नीको भरमा निर्भर थियो । पारिवारिक सदस्य व्यग्र थिए–जीवनदान दिन । यतिसम्म कि दुई चार मित्र तयार भएर आएका थिए । तर यसले सबैलाई निराश बनाइदियो । स्वाभाविक थियो, उसको मृत्यु भयो । खबर थाहा पाएर म पनि पुगेँ आर्यघाट ।
मैले देखेँ उसको खुलेको आँखामा त्यो चमक बाँकी नै थियो जसमा तृप्तता भरिपूर्ण थियो । फरफराउँदो दारीमा स्वाभिमानको बिजुली चम्किरहेको थियो । ओठमा गर्भित मुस्कान बाँकी नै थियो । नजिकैको अस्पतालबाट सेतो लुगा लगाएकाहरू आए । उसका आँखा सलबलाए । उसले आफ्नो आँखा दान दिएको रहेछ ।
कमजोर आँखाको रेटिना काम लाग्छ लाग्दैन, यो त मलाई थाहा भएन । यति थाहा भयो कि ऊजस्ता कति जना मान्छे यहाँ हुन सक्लान् ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।