रुखमा चढेर झ्याप्पै पात भएका हाँगा जति काट्न थाल्यो । यति भए गाईगोरुलाई पनि पुग्छ मान्छेलाई पनि हुन्छ । रुखले एक शब्द बोल्ने मौका पाएन । घोरिएर के के कुरा मात्रै सोध्यो ।
“हन मलाई नाङ्गै पारेर के गर्न खोजेको ह ? भो भो अब यति छोडिदिनुहोस् । लाजै मर्दो देखिन्छु ।”
“पख न ! अब दुई चारवौटा हाँगा काट्छु । तेति भए मलाई पुगिहाल्छ ।”
रुखलाई सकेसम्म नङ्ग्याएर भारी कस्यो अनि बाटो लाग्न खोज्दै थियो ।
“असोज, कार्तिक, मङ्सिर अनि पौष । हिसाब जोड्यो । दिन दिनै कठ्याङ्ग्रिने जाडाको मौसम आउँदै छ । जाडो महिना कसरी बिताउनु ? नाङ्गै भएँ त ।”आवेगमा आएर भन्यो।
“पख न साथी कठ्याङ्ग्रिने ठिहीमा तिम्रै रूखमुनि सँगै मिलेर धुनी ताप्नुपर्छ !”
ओदालगुडी, असम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 







