लेख्न बसेको मनोहरको ध्यान अनायासै तान्यो । अरू वेला लेख्न बसेपछि टिभीतिर ध्यानै नजाने उसकी बानी थियो तर अहिले तान्यो ।

टिभीतिर यसो हेर्दा बालकार्यक्रम चलिरहेको थियो । केटाकेटीहरू खेल्दैको दृश्य थियो । मोबाइल चलाइरहेका होइनन्, विशुद्ध आफूले बाल्यकालमा खेलेको खेल अनि उही बालगीत चीँ मुसी चीँ मुसीले खायो धान… ।

उसको लेखनी बन्द भयो । एकछिन आफ्नै अतीतमा सलबलायो ।

कति अन्तर–अतीत र वर्तमानमा हिजोजस्तो आज खेल्दैनन् यी खेलहरू । सबैको हातमा मोबाइल छ । मोबाइलले खेलाउँछन् सबै सबैलाई, यस्ता खेल त टिभीमा मात्र खेलिन्छ । यथार्थमा त होइन यहाँ सबै खेल खेलिरहेछन् चीँ मुसी चीँ । राजनीति, धर्म, नीति, अर्थ यावत् सारा सारा सारा चीँ मुसी चीँ नै ।

उनले लेखेको जम्मै एकातिर फालेर चीँ मुसी चीँ कै निबन्ध लेख्न थाल्छन् ।