“घरमा गनगन गरिरहने बुढी सासू छिन् । दिक्क लाग्छ मलाई ।’, चिया पिउँदै राधाले दुखेसाे पाेखेपछि साथीहरूले एउटा जुक्ति सिकाइदिए । राधा खुसी हुँदै घर गई र श्रीमानसँग सल्लाह गरी । श्रीमतीकाे कुरामा श्रीमान् पनि मञ्जुर भयाे ।

भाेलिपल्ट बिहान आमालाई लिएर उनीहरू तीर्थ जाने भनेर निस्किए । कुनै मन्दिर नजिकै बाटाेमा लगेर बहाना बनाउँदै आमालाई छाेडेर उनीहरू घर फर्किए ।

साँझ एउटा टेलिभिजनले आमाकाे अन्तर्वार्ता प्रशारण गरिरहेकाे थियाे । आमाले भनिरहेकी थिइन्, “मेराे छाेरा असल छ । मैले असल संस्कार सिकाएकाे छु । ऊ मलाई यसरी छाेडेर जान सक्दैन ।”

आमाकाे अन्तर्वार्ता हेरिरहेकाे छाेरा झस्कियाे र तुरून्तै आमालाई खाेज्न हिँड्याे । आमा त्यही ठाउँमा थिइन् जुन ठाउँमा उसले छाेडेर गएकाे थियाे । उसले आमासँग माफी माग्दै भन्याे, “आमा ! हामीले हजुरप्रति यस्ताे व्यवहार गर्दा पनि अरूका सामु हजुरले हाम्राे किन प्रशंसा गर्नुभयाे ? हाम्राे नराम्राे कुरा किन लुकाउनुभयाे ?”

आमाले गम्भीर हुँदै भनिन्, ‘हेर बाबु ! मैले तेराे प्रशंसा गरेकाे छु र त समाजले तेराे इज्जत गरेकाे छ ।”