अनुवाद : किशन पौडेल

जङ्गलमा आएका मानिसहरूलाई देखेर एउटा बूढो रूखले जवान रूखलाई भन्यो- ‘तिमीले कालिदासको कथा सुनेको होला नि ।’

रतन चन्द 'रत्नेश'

रतन चन्द ‘रत्नेश’

जवान रूखले आश्चर्य मान्दै सोध्यो-   ‘कस्तो कथा?’

‘अरे ! त्यो कथा के जसमा हाम्रो बारेमा उल्लेख थियो ।`

जवान रुख दायाँबायाँ हेर्न थालेपछि बूढाले मुस्कुराउँदै भने – ‘एकपल्ट कालिदास जुन हाँगामा बसेका थिए, त्यो हाँगा काट्दै थिए…’

जवान रूखले रोक्यो, ‘यो कथा सबैलाई थाहा छ ।’

´तर पर्यावरणको मामिलामा मान्छेले त्यो कथाबाट आजसम्म कुनै पाठ सिकेका छैनन्।  हेर ! आज फेरि हामीलाई काट्न आएका छन् ।`

बूढो रुखको कुरा सुनेर जवान रूखको होस हवास उड्दै थियो ।

(रतन चन्द ‘रत्नेश’ पंजाबका सुप्रसिद्ध लघुकथाकार हुन् )