“अहो ! मेर’साप, नमस्कार ।”
“नमस्कार नमस्कार ! के छ खबर ?” कारमा चढ्दै जयदेव ठाँटसँग बोल्यो ।
“मे …, मेयर साब रे ?”
“अँ अँ…, मेर्साप !?” प्रकटले जवाफ फर्कायो ।
“हैन, यी मान्छे त व्यापारी होइनन् र भन्या ?”
“व्यापारी मात्रै ? नामुद व्यापारी ! हिरा, मोती, सुवर्णादि जुहारात सबै यिनै मार्फत् त भित्रन्छन् नि ! यिनले जति प्रगति अरू कसले गर्न सकेको छ र यहाँ !? संसारमा पहुँच नभएको ठावैँ छैन । त्यैँमाथि सत्तारूढ दलकै उपमेयरकी आफ्नै श्रीमान् !”
“अनि ! मेयर सापै भनेर साष्टाङ्ग दण्डवत् गर्यौ त ! कि लोग्नेस्वास्नी नै निर्वाचित हुन् ?” रोहितले प्रतिप्रश्न गर्यो ।
“ल …, तिमी पनि ! निर्वाचितै हुनुपर्छ र ? पगरी गुतेर रजगज गर्न पाए अहो–भाग्य भएन ? गाउँमा तिम्रा हाम्रा श्रीमतीहरूलाई पनि त मास्टर्नी भन्छन् नि ! होइन र ?”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला