


देवीप्रसाद थापा ‘मामा’
प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए ।
उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे ।
क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ भयो ।
उसले प्रश्न गरी, “हिजो मलाई भेट्न किन आयौन तिमी ?”
उसले उत्तर दियो, “आमा बिरामी हुनुभयो । घर छोड्न मिलेन ।”
उसले लगत्तै भनी, “मेरी पनि आमा बिरामी हुनुहुन्थ्यो थियो । मलाई घरबाट ननिस्कनु भन्दाभन्दै पनि म निस्किएँ । लोग्नेमान्छे कति निर्दयी हुँदोरहेछ । आज बुझेँ ।”
“निर्दयी तिमी कि म ?” उसले प्रश्न गर्यो ।
मणिपुर



