वन्य जन्तु आरक्ष छेउका गाउँमा केही सिकारीहरूले बाघलाई मार्न खाडल खने । खाडलमाथि पत्कर राखे । पाँच केजी भन्दा बढी मासु छर्के । चार वटा बाघ सिकारीको पासामा पर्यो ।
पाँचौँ बाघले खाडल नजिक आएर कराएर फर्कियो । बाघलाई बोध भयो । सिकारीहरू दौडेर गएका आफैँ उँधो मुन्टो बने । क्षणभरमा मृत्यु भयो ।
लासलाई जलाउँदै गर्दा एक जना मलामीले प्रश्न गरे, “सधैँ अरूलाई जालमा कहाँ पार्न सकिन्छ ?”
अर्को बय वृद्धले स्पष्टीकरण दिए ।
उनले भने, “ठ्याक्कै अमेरिका जस्तो । युक्रेनलाई उचालेर युद्ध गराए । अमेरिकी पाँच वटा बैङ्क डुबे । बाग्नर प्रयोग गरेर रसिया सिद्धाउने खेलको अन्त्य भयो । बुमर्याङ्ग नहोस् ।”
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला