“नेपाल बसेर के गर्नु  ? पढाइ भएर पनि राम्रो काम पाइन्न । म त जान्छु होला विदेशतिर ।” दिक्क मान्दै श्यामले साथीलाई  भन्यो ।

“आ.., के कुरा गर्छौ साथी, यहीँ नेपालमा बसेर राजनीति गर न  । कस्तो मालामाल छ राजनीतिमा  !  तिमी किन विदेश जाने सोचाइमा छौ  ?” रामले भन्याे । तर रामकाे  पनि श्यामजस्तै परिस्थिति थियाे काम नै नपाइने ।

अलिक दिनपछि राम विदेश गयो ।

यता श्याम भने राजनीतितिर लाग्यो ।  हेर्दाहेर्दै मन्त्री पनि भयो, अकुत पैसा कमायो उसले  ।

केही महिनापछि  फोनबाट उनीहरूको  कुराकानी भयो ।

“अरे  राम,  नेपाल आउन यार ! म तिमीलाई मन्त्री बनाइदिन्छु, मालामाल छ राजनीति गर्न जान्यो भने।”

“ओहो ! हो र भन्या ? त्यसो भए त  म तुरुन्तै नेपालमै आउँछु । यहाँ घडीको सुईको भरमा काम गर्नुपर्छ। त्यहाँ बरु गफ लडाएरै  पनि पैसा कमाइन्छ भने आइहालेँ म नेपाल ।”

दुवै जना साथी राजनीतिमा पसेर मन्त्री भएपछि उनीहरूलाई चिट्ठा परे जस्तो भयो। आफ्नो-आफ्नो काममा व्यस्त भए उनीहरू।

एकदिन उनीहरूको  भेटघाट भयो  ।

“हो रहेछ श्याम, आज तिमीले गर्दा म करोडौँ धन कमाएँ । धन्य राजनीति र मन्त्री पद।  तर…”

“के तर, स्पष्ट भन न राम  ।”

गम्भीर हुँदै रामले जवाफ दियाे,  “के यो धन सजिलै पचाउन सकिएला  त श्याम ?”