आम्दानी घटेकोले उपाय खोज्दै थिएँ ।
छिमेकीले उपाय दिए, शेयरमा लगानी गर्ने । लगानी दोब्बर, तेब्बर हुन्छ रे । खासै मेहनत पनि नचाहिने । आज किन्यो, नाफामा बेच्यो अनि फेरि किन्यो ।
उसका कुराले मलाई यो काम चैँ साह्रै सजिलो लाग्यो । यति जाबो त गरिहाल्छु नि भनेर मैले कम्मर कसेँ, लगानी गर्न ।
छिमेकीले किन्नु भनेको किनेँ मैले ।
पछि आधा घटेर घाटा लागेपछि थाहा पाएँ ।
मलाई छिमेकीले किनाएको शेयर, उसले पनि किनेको रहेछ । ऊ पनि शेयरमा अरूले भनेको सुनेर लागेको रहेछ ।
म जस्तै ऊ पनि नयाँ रहेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला