‘गोपी कृष्ण कहूँ !’ पिँजडामा कैद सुगाले त्यो मान्छेले सिकाएको भाषा जानी नजानी बोल्दै थियो ।
‘ए माने एप्पल !’ त्यो मान्छेको छोरो पनि आफ्नो भाषा छाडेर जानी नजानी अरूकै भाषा सिक्दै थियो ।
यो दृश्य देखेर सुगाले सोच्यो, ‘कठै ! यो सानो नानी पनि हुर्कँदै जाँदा मजस्तै अरूको पिँजडामा कैद हुने भयो ।’
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला