उनी चतुर थिए । आफूलाई अरू भन्दा निकै बाठो सम्झन्थे । शक्तिहात परेपछि त झन् उनको बठ्याईंको कसैले मेसो नै पाउन सक्दैनथ्यो ।
त्यस्तै भयो । पुनःशक्तिमापुगेपछि उनी अलि बढी नै बठ्याईं गर्न थाले । सजग गराउंदा गराउंदै पनि उनी आफ्नो शैली सुधार्न तयार भएनन् ।
देख्नेहरू उनको शैलीको आलोचना गर्थे तर उनी भने आफ्नो मात्रहोइन नजिकका र आसेपासेको आलोचना समेत सुन्न नसक्ने हुंदै गए ।
उनी आफूलाई सबैकुराको ठेकेदार र ज्ञाता ठान्दथे र बेलाबेलामा आवश्यकताभन्दा बढी बोल्थे ।
एकदिनको कुरा हो आफ्नै साथीहरू उनका विरुद्ध खनिए । कारण थियो उनको उही मेसो नपाई बोल्ने बानी । साथीभाइ, छिमेकीदेखि पाहुनासम्मलाई विभिन्न किसिमका कपोलकल्पित र भ्रामक आरोप लगाएपछि साथीहरू उनीसंग रिसाउनु स्वाभाविक थियो ।
उनीमाथि दबाब पयो ।
बह ुप्रतिक्षीत बैठक बस्यो ।
बैठकमा उनको कार्यशैली र कार्य क्षमतामाथि नै प्रश्न उठ्न थाल्यो ।
एउटाले भन्यो ‘काग बाठो भएर के जाति खाएझैं नहोस्’
अर्कोले चेतावनी दिंदै भन्यो ‘बाठो खान्छ तीन बल्ढ्याङ चरितार्थ नहोस्’
कुनामामौन बसिरहेका उनी एक्कासी जङ्गिए– ‘ फुटाइदिउं ?’