
बाटोमा हिँड्दै गर्दा एउटा मोटर साइकिलले ठक्कर दिएर ऊ गम्भीर घाइते भयो । यो समाचार एकैछिनमा हावासरी सनसनिएर फैलियो ।
उपचारत अस्पतालमा उसको शीघ्र स्वास्थ्य लाभको कामना गर्न आफन्तजन र शुभचिन्तकहरुको भीड लाग्यो । नर्स तथा त्यहाँका कर्मचारीहरूले भीडभाड नगरिदिन गरेको आग्रहलाई समेत वास्ता नगरी उनीहरू एकअर्काले उसलाई भेटिरह्यो । आफू पुगेर भेटघाट गरेको प्रमाण देखाउन धेरैजसोले त बिरामीछेउ बसेर सेल्फी खिच्न भ्याए ।
केही समयपछि ऊ निको भयो तर अस्पतालमा लागेको उपचार खर्च चुक्ता नगरेसम्म डाक्टर र अस्पतालले डिस्चार्ज गर्न मानेनन् । उसले तिनै आफन्तजन र शुभचिन्तकहरूलाई सम्झ्यो । खबर पठायो ।
अघि शीघ्र स्वास्थ्यलाभको कामना गर्न तँछाडमछाड गर्न आइपुगेका तिनीहरू अहिले भने कोही पनि देखा परेनन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
