“तिमी मेरा लागि अहिले मात्रै हैन जहिल्यै प्रिय छाै ।” पतिकाे यस्तो वाणी सुनेर उषाले मन्द मुस्कानका साथ फराकिलो मन पारिन् ।
पतिको मुखबाट मीठामसिना कुरा नसुनेको महिनौं बितेको थियो । आज एकाविहानै यस्ता समझदारपूर्ण कुराले उनलाई आनन्दसँगै आशङ्काको पोखरीमा हेलायो ।
“तिमी ब्रह्माकै सृष्टिकी अनमोल रत्न हौ । तिमी स्वयं महासृष्टि हौ । यसमा कसैको विमति हुनै सक्तैन ।”
पतिकाे यस्तो भाषा लम्बिदै जाँदा उषाले मुस्कुराउँदै भनिन्; “हैन, हजुरले रातभरि सपना देख्नुभयाे कि कसो ?”
“हरेककाे मनमा बस्ने भाषणको प्राक्टिस गरेको !”
पतिको कुरा टुङ्गिन नपाउँदै उषाका आँखा झुन्डिरहेको क्यालेन्डरमा पर्न गयो जहाँ राता अक्षरमा ८ मार्च टल्किरहेको थियोे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला