एन्टोनी डे सन्त एजुपेरे

अध्याय – आठ

मलाई फूलको बारेमा निकै राम्रो जानकारी प्राप्त भयो । फुच्चे राजकुमारको ग्रहमा प्राय: जसो सादा फूल फुल्ने गर्दारहेछन्‌ | फूलहरू प्रायः एकै प्रकारका हुँदारहेछन्‌ | प्रातः कालमा ती फूलहरू घाँसमा प्रकट भई साँझपख ओइलाउँदारहेछन्‌ | फुच्चे राजकुमारले फूललाई औधी माया गर्दोरहेछ भन्ने थाहा भयो मलाई ।

राजकुमारले हरेक बिहान पानी हालिदेओस्‌, राती शिशाको ग्लोबभित्र राखिदेओस्‌ भन्ने फूलको चाहना रहेछ । आफूले साँचो प्रेम गर्दा पनि फुच्चे राजकुमारलाई छिट्टै फूलमाथि शङ्का हुनथाल्यो ।

 

राजकुमार अत्यन्त दुःखी भयो फूलको झूठो प्रेममा परेर | उसले एक्लो महसूस गर्दै ब्रह्माण्डको अन्वेषण गर्न आफ्नो ग्रह छाड्ने निर्णय गरेको रहेछ |

एक दिन मलाई विश्वासमा लिँदै उसले भन्यो “मैले फूलको कुरामा विश्वास गर्नुहुन्नथ्यो । फूलको काम जाँच्नुपर्थ्यो, एकपटक सुँघ्नुपर्थ्यो फूलले मेरो ग्रहलाई नै मगमग पार्थ्यो । मैले फूलको बोली होइन व्यवहारलाई महत्व दिनुपर्थ्यो । वास्तवमा भन्ने हो भने मेरो कच्चा उमेरकै कारण मैले फूललाई प्रेम गर्न जानिन ।”