अध्याय- सात

पाँचौं दिनमा भेडाकै कारण मैले फुच्चे राजकुमारको जीवनको अर्को रहस्य पत्ता लगाएँ ।

उसले अचानक सोध्यो, “भेडाले यदि बुट्यानहरू खान्छ भने फूल पनि त खान्छ होला नि, होइन त ?”

“हो, जे पायो त्यही खान्छ भेडाले त ।”

“काँडा भएको फूल पनि खान्छ त ?”

“अँ, खान्छ ।”

Antoine de Saint-Exupery

“त्यसोभए फूललाई जोगाउन नसक्ने काँडाको के काम छ त ?” मसित त्यस प्रश्नको उत्तर थिएन ।

त्यतिबेला मेरो ध्यान खालि बिग्रेको हवाइजहाजको इञ्जिनमा मात्रै थियो । पानी पनि थोरै बाँकी थियो, सकिएला भन्ने औधी पीर थियो मलाई । काँडाका बारेमा सोच्ने फुर्सद कसलाई होस्‌, इञ्जिन बिग्रेर तनाब भईराखेको बेलामा |

उसले भन्यो, ‘काँडाहरूलाई फूलले आफ्नो सुरक्षाकवच ठान्छन्‌ । के तपाईं साँच्चैको विश्वास गर्नुहुन्छ । फूलहरूलाई काँडाको मतलब छैन भन्ने कुरामा” मलाई झोक चल्यो अनि भने, “म केही कुराको पनि विश्वास गर्दिन ।”

उसले बडो अचम्मसित मतिर हेर्यो र भन्यो, “तिमी त प्रौढ मान्छेलेझै कुरा गर्छौ त ?”