अध्याय – छ

राजकुमारको जीवन दुःखले भरिएको हुनुपर्छ अर्थात्‌ उनले एक्लो महसूस गरेको हुनुपर्छ, किनभने उसको ग्रहमा मनोरञ्जनको एकमात्र साधन भनेकै सूर्यास्तको सौन्दर्य हेर्नु हो ।

यो कुरा मलाई चौथो दिनको बिहान मात्रै थाहा भएको हो, जतिखेर उसले मलाई भन्यो, “जाऔँ सूर्यास्त हेरौँ । मलाई औधी मनपर्छ सूर्यास्तको दृश्य ।

मैले भनेँ, “सूर्यास्त हेर्ने समय साँझपख पो हो त |”

त्यसपछि उसले भन्यो, “मैले त आफ्नै घरमा छु पो त भन्ठानेको । उदास भएको बेलामा सूर्यास्त हिर्यो भने मानिस खुसी हुन्छ । एकै दिनमा मैले चवालीसवटा सूर्यास्त देखेको छु ।” उसको ग्रहमा त जसलाई जतिखेर सूर्यास्त देख्न मन लाग्यो देख्न सक्दोरहेछ ।” मैले फुच्चे राजकुमारलाई सोधेँ, उसो भए  चवालीसपटक सूर्यास्त देखेर पनि तिमी किन उदास देखिन्छौ त ?” तर मेरो प्रश्नको कुनै जवाफ दिएन उसले |