अध्याय – तीन
हवाइजहाजको बारेमा थुप्रै जिज्ञासा राख्यो फुच्चे राजकुमारले । तर आफ्नो बारेमा खासै केही बताएन उसले । संयोगवश उसले उच्चारण गरेका शब्दहरूबाट बिस्तारै केही अनौठा रहस्यहरु बुझ्न थालें मैले ।
हवाइजहाजका बारेमा बताएपछि फुच्चे राजकुमारले सोध्यो, “ए ! उसो भए तिमी आकाशबाट आएको ? मैले भने, “हो ।”
उसले भन्यो, “तपाईं आकाशबाट झरेको हो ” कुन ग्रहबाट ?
उसँग गरेको संवादबाट मलाई थाहा भयो, ऊ अर्कै ग्रहबाट आएको रहेछ ।
कुन ग्रहबाट आएको सोध्दा उसले केही जवाफ दिएन ।
थप जानकारी पाउन कोसिस गर्दै मैले उसलाई सोधें “ए बाबू ! भन त, तिमी कहाँबाट आएका हौ ? तिम्रो घर कहाँ हो ? मेरो भेडालाई कता लिएर जाँदै छौ ?”
केहीबेर गम्भीरतापूर्वक सोचेर फुच्चे राजकुमारले भन्यो, “तिमीले बाकसको चित्र बनाई दिएर धेरै राम्रो गर्यौ । भेडा यही बाकसभित्रै सुत्छ अब ।”
“म तिमीलाई एउटा दाम्लो र किलो दिन्छु, दिउँसो भेडालाई बाँधिराख्नू ।” मेरो कुरा सुनेर फुच्चे राजकुमार जोडले हाँस्न पो थाल्यो ।
“भेडालाई बाँध्ने ! कस्तो अचम्मको कुरा ! किन बाँध्नु ? धेरै टाढा जानैपर्दैन उसलाई । भागेर पनि कहाँ नै जाला र ?”
“तिमीले बाँधेनौ भने त्यो जता पनि जान सक्छ” मैले भनेँ । उसले भन्यो, “केही फरक पर्दैन, धेरै पर जानैसक्दैन ।
===
लेखकका बारेमा
नाम: एन्टोनी डे सन्त एजुपेरे
जन्म: जुन २९, १९००
मृत्यु:– १९४४
जन्मस्थान:- लुयन, फ्रान्स
पेशाः:- पाइलट/लेखक
उपन्यासकार एन्टोनी डे सन्त एजुपेरे पेशाले पाइलट थिए | फ्रेन्ज न्यमेल एकेडेमी (French navel Academy) को प्रवेश परिक्षामा असफल भएपछि उनले सिपाहीको जागिर सन् १९२१ मा Starasbowey बाट शुरू गरे । त्यही उनले पाइलटको कोर्ष पुरा गरे । सन् १९२३ मा आफ् नो स्थायी जागिर छोडेर विभिन्न कामहरू गर्न थाले । फेरि सन् १९२६मा आफ्नो पुरानै हवाईजहाज चलाउने काम शुरू गरे । दुई पटक हवाई दुर्घटनामा परेपनि उनी सकुसल बाँचे ।
उनको पहिलो पुस्तक साउँटन मेल (Southern Mail) सन् १९२९ मा प्रकाशित भयो । सन् १९३४ मा उनको दोस्रो उपन्यास वुन्ड, सान्ड र ताराहरू (Wind, Sand, and Stars) छापियो । जुन Grand Prize for Novel Writing र National Book Award बाट अमेरिकामा सम्मानित भयो |
सन् १९४३मा फुच्चे राजकुमार ( The Little Prience) प्रकाशित भयो जसले उनलाई संसारमा चिनाए । यो पुस्तक संसारको धेरै भाषामा अनुवादित पुस्तक मध्ये एक हो । सन् १९४४ मा उनको निधन हुनु एक वर्ष अघि मात्र उनले फुच्चे राजकुमार (The little Prience) लेखेका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।