साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द काइट रनर, भागः २४ अंश २

"के मलाई आफ्नो बा-आमाको अत्यार लाग्दैन होला त ?" अँ मैले मेरी आमालाई त कहिल्यै देखिनँ । मेरो बुबा केही वर्ष अगाडि बित्नुभएको हो । हो मलाई उहाँको साह्रै अत्यार लाग्छ । कहिलेकाहीँ त साह्रै लाग्छ ।

Chovar Blues Mobile Size

     चौबीस- अंश २ 

मैले शोहरब एउटा नालीमा फालिइरहेको कल्पना गरेँ । अथवा मुखमा कपडा कोचेर कुनै कारको डिक्कीमा कच्याककुचुक पारेर राखिएको अवस्थामा । उसको मृत्युको कारण म बन्न परोस्‌ भन्ने म चाहन्थिन्‌ । न त म्यानेजरकै । कृपया ___“ मैले भनेँ । उसको निलो सुतीको हाफ सर्टको नेम ट्यागमा मैले उसको नाम पढेँ । “मि. फैयाज के तपाईंले उसलाई देख्नुभाछ ?”

“त्यो केटोलाई?”
म डरले भुतुक्क भएँ । “हो त्यो केटो ! मसँगै आएको नि हो त्यही केटो । तपाईंले उसलाई देख्नुभएको छ कि छैन ? कृपया भगवानको नाममा यति त भनिदिनोस्‌ ।”

हम्किने काम बन्द भयो । उसले आँखा खुम्चायो । ‘ओ साथी, म सँग धेरै चलाख बन्न नखोज्नुस्‌ । त्यो हराएको बच्चो मेरो कोही पनि होइन ।”

उसले जुन पारामा उत्तर दियो त्यसले मेरो अनुहारमा रगत चढ्ने काम बन्द भएन | “तपाईंले भनेको ठीक हो | गल्ती मेरो हो । दोषी म हो । अब भन्नोस्‌ के – तपाईंले उसलाई देख्नुभएको छ त ?”

sagarmani mobile size

“माफ गर्नुहोला,” उसले छोटो उत्तर दियो । उसले फेरि चस्मा लगायो | फृयाट्ट पत्रिका खोल्यो । “मैले यस्तो कुनै केटो देखेको छैन ।” नरूनलाई बल गर्दै म एक मिनेट त्यही काउन्टरमा उभिएँ । म लबीबाट निस्कँदै गर्दा उसले भन्यो, “ऊ कतातिर टहलिएको हुन सक्ला केही आईडिया छ त ?’

“छैन, मैले भने । मैले थकित अनुभव गरेँ । थकित र त्रसित ।

“उसले चासो दिने केही कुराहरू छ ?’ उसले भन्यो । मैले देखेँ कि उसले पत्रिका पट्यायो । “उदाहरणका लागि मेरा छोराहरू लिउँ । विशेष गरी त्यो आर्नोल्ड हृटासानेगर को अमेरिकन एक्सन फिलिम हेर्नका लागि तिनीहरू जे पनि गर्न तैयार हुन्छन्…..।”

“उसले मस्जिदको बढी चासो राख्छ, मैले भनें ।” यो ठूलो मस्जिद ।’ हामी त्यसैको छेउबाट गाडीमा आउँदा त्यो देखेर ऊ कसरी तीन छक्क पर्दै झ्यालबाट टाउको निकालेर हेर्दै थियो भन्ने कुरा मैले सम्झेँ ।

“शाह फैसल ?”
“हो । के तपाईं मलाई त्यहाँ पुर्याइदिन सक्नुहुन्छ ?”

यो संसारकै सबैभन्दा ठूलो मस्जिद हो भन्ने तपाईंलाई थाहा थियो ?” उसले सोध्यो ।

“थिएन तर…..”

“यसको आँगनमा मात्रै चालिस हजार मान्छे अटाउन सक्छन् ।”

“तपाईं मलाई त्यहाँ पुर्याइदिन सक्नुहुन्छ ?”

‘त्यो यहाँबाट जम्मा एक किलोमिटर पर छ,“ उसले भन्यो, तर ऊ त्यति भन्दै काउन्टरबाट निस्कँदै थियो ।

“गाडीमा जाँदा लाग्ने खर्च म तपाईंलाई तिर्छु,” मैले भनेँ ।

उसले सुईअँ गरेर टाउको हल्लायो । “यहीँ पर्खेर बस्नु ।’ ऊ त्यही अँघ्यारो कोठाभित्र पसेर एकछिन बेपत्ता भयो र आउँदाखेरि अर्को चस्मा लगाएर हातमा चाबीको झुप्पो लिएर आयो भने उसको पछिपछि एकजना होची, पुक्क गाला भएकी सुन्तला रङको सारी लगाएकी महिला थिइन्‌ | उनी त्यो काउन्टर पछाडिको उसको सिटमा बसिन्‌ । “मलाई तपाईंको पैसा चाहिँदैन ‘ मेरो छेवैबाट हुर्रिएर जाँदै उसले भन्यो । “म तपाईंलाई गाडीमा लिएर जान्छु किनभने म पनि तपाईंजस्तै एउटा बाबु हो ।’

मलाई लाग्थ्यो रात परून्जेलसम्म पनि हामी सहरको चक्कर लगाएको लगाई हुन्छौं होला । फैयाजको खाउँला जस्तो हेराइको बाबजुद पनि मैले आफैँले पुलिस बोलाएँ र तिनीहरूलाई शोहरबको हुलिया बताएँ । मैले सुनेरै बुझै कि त्यो अफिसरले थकित र चासो नभएको स्वरमा बाध्य भएर केही प्रश्नहरू सोध्दै थियो । ती आधिकारीक प्रश्नहरूको पछि एउटा अनाधिकारिक प्रश्न पनि लुकेको थियो । अर्को एउटा मरेको अफगानी बच्चोको बारेमा कसलाई केको चासो ?

तर हामीले उसलाई सस्जिदभन्दा लगभग सय गज पर आधा भरिएको पार्किङ्ग गर्ने ठाउँमा एउटा घाँसको टापुमा बसिरहेको फेला पार्यौँ । फैयाजले गाडी विस्तारै त्यहाँ लग्यो र मलाई ओर्लन दियो । “म त फर्कन पर्छ,” उसले भन्यो ।

“ठीक छ | हामी हिँडेरै आउँला, मैले भनेँ । “धन्यवाद, मि. फैयाज | साँच्चिकै ।’ म ओर्लंदा र अगाडिको सिट पारि पट्टि ढल्कियो । “के म तपाईंसँग दुई कुरा गर्न सक्छु ?”

“एकदम मजाले ।’

झम्के साँझको अँध्यारोमा उसका चस्माका दुईवटा सिसामा मधुरो प्रकाश टिलिक्क टल्केको भन्दा बाहेक उसको अनुहार केही देखिँदैनथ्यो । “तपाईं एउटा कुरा के भने ___ अँ तपाईंहरू अलि निडर स्वभावको हुनुहुन्छ ।

मलाई दुखाई र थकाई दुवै थियो । मेरो जहरू चस्कियो । अनि त्यो मूला मेरो छाती र पेटको घाउहरूले यसरी घोच्न थाले कि मानिलिउँ छाला भित्र कसैले काँडे तार राखिदिएको छ, तर जेसुकै भए पनि म हाँस्न थालेँ । “के-के….”, फैयाज भन्दै थियो । त्यति बेलासम्म त तारले बौँधेको मेरो मुखबाट चर्को खित्का निस्कँदै थियो ।

“पागल मान्छेहरू,” उसले भन्यो | जब र अघि बढ्यो गाडीका टायर सडकमा घोटियो भने झम्के साँझमा गाडीको टेललाइट फिलिली रातो देखियो ।

‘तैँले त मलाई खुबै राम्रोसँग तर्साईस्‌,” मैले भनेँ ।म उसकै छेउमा बसेँ । बस्नलाई निहुरिँदा दुखेर झसङ्ग भएँ ।

उसले मस्जिदलाई हेर्दै थियो । साह फैसल मस्जिद एउटा भव्य टेन्ट जस्तै आकारको थियो । कारहरू आउँथे जान्थे । सेतो लुगा लगाएका प्रार्थना गर्ने मान्छेहरू हुलका हुल भित्र बाहिर गर्थे । हामी चुपचाप बस्यौं | म रूखमा अडेस लागेर बसेँ भने शोहरब मेरै छेउमा घुँडा मारेर टुसुक्क बस्यो । हामीले प्रार्थणालाई कल गरेको सुन्यौं र झम्के साँझ परेपछि बलेका त्यो भवनको सयौं बत्तीहरू हेर्यौ । मस्जिद अँध्यारोमा हिरा टल्के जस्तो देखिन्थ्यो । त्यसले आकाशै उज्यालो पारेको थियो भने शोहरबको अनुहार पनि |

“तपाईं कहिल्यै मजार-ए-शरिफ जानु भएको छ ?” घुँडामा च्यापु टेकाएर शोहरबले भन्यो ।

‘धेरै पहिले गएको थिएँ | मलाई त्यो त्यति धेरै सम्झना छैन ।”

‘म सानो छँदा बुबाले मलाई त्यहाँ लिएर जानुभएको थियो | आमा र सासा पनि सँगै हुनुहुन्थ्यो । बुबाले बजारमा मेरा लागि एउटा बाँदर किनिदिनुभयो | साँच्चिकै चाहिँ होइन नि, त्यही फुकेर फुलाउन पर्ने चाहिँ । त्यो खैरो रङको थियो र बो टाई लगाएको थियो |

“सायद म बच्चा छँदा त्यस्तै एउटा मसँग पनि थियो हाला ।”

“बुबाले मलाई त्यो नीलो मस्जिदमा लिएर जानुभयो,“ शोहरबले भन्यो ।

“म सम्झन्छु कि त्यो मस्जिदको बाहिर थुप्रै परेवाहरू थिए र तिनीहरू मान्छेसँग डराएका थिएनन्‌ | तिनीहरू हाम्रै छेउमा आउँथे । सासाले मलाई नानको सानो टुक्रो दिनुभयो र मैले परेवालाई खुवाएँ । पलभरमै घुर्दै थुप्रै परेवाहरू मेरो वरिपरि झुम्मिए । बडो रमाइलो भाथ्यो ।”

“पक्कै पनि तँलाई बाबु-आमाको खुब न्यास्रो लागेको छ होला,“ मैले भनें । मैले तालिबानले उसका बाबु-आमालाई लतार्दै बाहिर सडकमा ल्याएको उसले देखेको थियो वा थिएन होला भनेर सोचेँ । मैले आशा गरेँ कि उसले देखेको थिएन |

“के तपाईलाई बुबा-आमाको अत्यार लाग्छ ?’ घुँडामा च्यापु टेकाएर मतिर हेर्दै उसले सोध्यो ।

“के मलाई आफ्नो बा-आमाको अत्यार लाग्दैन होला त ?” अँ मैले मेरी आमालाई त कहिल्यै देखिनँ । मेरो बुबा केही वर्ष अगाडि बित्नुभएको हो । हो मलाई उहाँको साह्रै अत्यार लाग्छ । कहिलेकाहीँ त साह्रै लाग्छ ।

“उहाँ कस्तो हुनुहुन्थ्यो तपाईंलाई सम्झना छ ?”

मलाई बाबाको मोटो गर्धन, काला आँखाहरू, झ्याम्म खैरो कपालको झल्को आयो ।

उहाँको काखमा बस्नु भनेको दुईवटा रुखका मुढाहरूमा बसेजस्तो हुन्थ्यो “उहाँ कस्तो हुनुहुन्थ्यो म सम्झन्छु, मैले भनेँ । ‘उहाँको शरीरको गन्ध पनि सम्झन्छु ।”

“मैले त उहाँहरूको अनुहार बिर्सन थालेको छु,” शोहरबले भन्यो । “के त्यो नराम्रो हो ?”

‘होइन,“ मैले भनेँ । “त्यो सब समयले गर्छ ।’ मलाई अरू केही कुरा याद आयो | मैले मेरो कोटको अगाडिको खल्तीमा हेरेँ | हसन र शोहरबको त्यो रङीन फोटो फेला पारेँ । “यहाँ छ ल’ मैले भनेँ ।

मस्जिदको बत्तीको उज्यालोमा राम्रो देख्न सकियोस्‌ भनेर उसले फोटो त्यतै पट्टि फर्कायो र आँखाको नजिकै ल्यायो । धेरै बेरसम्म हेर्यो | मैले ऊ रून्छ कि जस्तो मानेको थिएँ तर रोएन । फोटोलाई दुवै हातले समातेर बूढी औँलाले छाम्यो । मलाई कसैले भनेको वा मैले त्यो कतै पढेको हो, एउटा वाक्य सम्झिएँ अफगानिस्तानमा बच्चा त धेरै छन्‌ तर थोरै बचपन | उसले फोटो मलाई दिनलाई हात लम्कायो |

“तँ नै राख,“ मैले भनेँ | “यो तेरै हो ।’

“धन्यवाद !” उसले फेरि एकपटक फोटो हेर्यो र बडो जतन साथ भेस्टको खल्तीमा राख्यो | पार्किङ्ग लटको छेउमा टाँगा तान्ने घोडाको टापको आवाज सुनियो । घोडाको घाँटीमा स-साना घन्टीहरू भुन्डिएका थिए र प्रत्येक कदमसँगै झ्याइँ झ्याइँ गर्थ्यो ।

“आजभोलि मैले मस्जिदको बारेमा धेरै सोचिरहन्छु,” शोहरबले भन्यो ।

“हो र ? अनि त्यसको बारेमा किन ?”

उसले “खै थाहा छैन,“ भन्ने इसारामा कुम हल्लायो | “मात्र मस्जिदकै बारेमा सोचिरहन्छु |“ उसले शिर ठाडो पार्यो र सीधै मेरो आँखामा हेर्यो । यतिबेला ऊ सुस्तरी आवाजै ननिकालेर रोइरहेको थियो | ‘के म तपाईंलाई केही कुरा सोध्न सक्छु, अमीर अगा ?”

“किन नसक्नु ? सोध न !”

“के भगवानले __” उसले भन्न थाल्यो तर गला अवरुद्ध भयो |

“यो मान्छेलाई मैले जे गरेँ त्यसका लागि के भगवानले मलाई नर्कमा हाल्छन्‌ त ?”

मैले उसलाई समात्न हात लम्काएँ, तर ऊ पन्छियो । मैले समातेरै आफूतिर तानेँ । “हाल्दैनन्‌ । साँच्चै हाल्दैनन्‌,” मैले भनेँ । मैले उसलाई तानेर नजिकै राखेर, समातेर अरू केही होइन मात्रै यो संसार तँ प्रति निष्ठुरी रहेको थियो भनेर चाहन्थेँ ।

क्रमश…….

नोटः उपन्यासको यो श्रृङ्खला निकै लामो भएको हुनाले यसलाई अंश  अंशमा विभाजन गरेका छौ, भन्यवाद ।

लेखक परिचय

प्रेम सिग्देल अनुवादकका रूपमा परिचित हुनुहुन्छ । उहाँ अनुवादसँगै प्राध्यापनसमेत गर्नुहुन्छ ।

प्रतिक्रिया
Loading...