साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथाः साहित्य–रस

“ल तपाईं पनि ! जो कोहीले बुझ्ने गरी लेखे, बोले त साहित्यकारै भइँदैन नि ! साहित्यकार हुन सजिलो छ भन्ठान्नु भा’छ ? यो घाँस दाउरा, मेलापात गरेजस्तो हो र ? साहित्य त क्यान्भसमा पोतिएको अमूर्त चित्रजस्तै बिम्बात्मक हुन्छ ।

 

त्यसदिन उनीहरू साहित्यिक कार्यक्रम सकेर घर फर्कँदै थिएँ । बाटामा सोही कार्यक्रमबारे चर्चा भयो ।
“हाम्रा यहाँका मात्रै हुन् कि अन्यत्रका पनि यस्तै हुन्छन् कुलजी ?”

“किन, के भयो र मित्र ?”
“के भनुँ खै ! आफू साहित्यकार परिएन । अनुरागीले मुख खोल्दा रिस उठ्ला !”

bahulako diary small and inside post

“कस्तो कुरा गर्या तपाईंले ! किन रिसाउनु, रिसाउँदैनन् । टिप्पणी गरिदिँदा त सर्जकहरू झन् खुसी हुन्छन् नि ! भन्नु न केमा चित्त बुझेन ।”“खै ?! यत्रा वर्ष भयो साहित्यकारहरूसँग सङ्गत गरेको ! मरिजाऊँ, तपाईंहरूले प्रस्तुत गरेका कविताहरूको अर्थ आजसम्म मैले बुझ्न सक्या होइन । रिटायर्ड लाइफ, दिन काट्ने मेलो ! त्यसै रल्लिनुभन्दा संसदमा जस्तै जमघट भयो, ट्वाल्ल पर्यो, उँघ्यो, ताली पड्कायो, फर्क्यो । के साहित्य–रस यस्तै हुन्छ ? हामी जस्ताले बुझ्नै नसकिने ?” घर नजिकै आइपुग्दा रघुनाथले प्रश्न गरे ।

सम्बन्धित पोस्टहरु
लोकनाथ पुडासैनी

सर्वसाधारणले सजिलै बुझ्ने गरी लेखिएको रचना त साहित्य नै होइन नि रघुजी !” आखिर आफू च्याँठिएको उनैले पत्तो पाएनन् ।
“ए …! त्यसो भए साहित्य पनि सर्वसाधारणको पहुँचभन्दा परको विषय रहेछ हगि ?
तगारामा उभिएर रघुनाथ बोल्दै थिए, गएँ पनि नभनीकन कुलचन्द्र घरतिर हान्निए ।

 

लेखक परिचय
लप
लोकनाथ पुडासैनी
प्रतिक्रिया
Loading...