भागः १४

अनि त म राति राति बूढाहरूले जस्तै सपना पनि देख्न थाले – लडाइँ टुंगिनासाथै म आफ्नो छोरोको बिहे गरिदिउँला र तयाँ परिवारको साथमा रहुँला। सिकर्मीको काम जानि हाल्या’ छ त ! थोरबहुत नातिनातिनाको हेरविचार पनि गर्ला | याने ती सबै किसिमका कामहरू गरूँला जुन एक जना बूढो मान्छेले गर्ने त पर्छ ।

परन्तु यी सबै सपनाहरू पनि सिर्फ सपना नै रहे । हिउँदमा हाम्रो फौज कतै पनि नरोकिएर अगाडि बढ्दै गयो र एक अर्कालाई आपसमा चिट्ठीपत्न लेख्ने नै समय पाइएन । लडाइँ सिद्धिन-सिद्धिन आँट्दा याने बर्लिन नजीकै पुगिएपछि एँक दिन बिहान मैले आनातोलीलाई एउटा छोटो चिट्ठी पठाएँ र त्यसको जवाफ पनि भोलिपल्टै मेरो हातमा पर्यो। कुरा के थियो भने हामी दुबै बाबुछोरा दुई अलग अलग बाटो हुँदै जर्मनीको राजधानी पुगेका थियौं र हामी एक अर्काबाट निकै नै नजीक पनि रहेछौं । अब हाम्रो भेटघाट हुनु डाँडापारिको कुरो रहन गएको थिएन। अनि आखिर भेटघाटको क्षण पनि आयो…। ठीक ९ मईको बिहानै विजय दिवसकै दिन मेरो, आनातोलीलाई एउटा जर्मन निशानाबाजले आफ्नो गोलीको तारो बनाइदियो ।

दोपहरपछि मलाई कम्पनी-कम्याण्डरबाट बोलावट आयो । मैले त्यहाँ उनको साथमा तोपखानाका एक जना अपरिचित लेफ्टीनेन्ट कर्नेललाई पनि बसिरहेको देखे। जब म’ कोठाभित्न पसेँ, उ यसरी जुर्मुरिएर उठ्यो, मानौं उ आफूभन्दा उँचो दर्जाको कुनै अफिसरको सामु परेको होस्‌ । , हाम्रा कम्पनी कम्याण्डरले भने – “ सोकोलोभ , उहाँ तिमीलाई नै भेट्न भनेर आउनु भएको हो।” यति भूमिका बाँधेर उनी आफू चाहिँ झ्यालतर्फ मुख फर्काएर उभिइरहे। बिजुलीको करेन्ट लाग्या

जस्तौ सिरिंग भयो मेरो जीउ ! चालामाला कुनै राम्रो छैन भन्ने मैले बुझिहालें । लेफ्टीनेन्ट कर्नेल मेरो नजीक आए र बिस्तारै भन्न लागे – साहस बटुल्नोस्‌, बूढाबा ! तपाईंका छोरा कप्तान सोकोलोभले आज बिहानै तोपखानानेरै वीरगति प्राप्त गरे। हिँड्नोस्‌, मेरो साथमा! ”

म लड्खडाएर ढल्नै आँटेको थिएं, तर दुब गोडालाई काबुमा राखें। अनि एउटा ठूलो मोटरमा लेफ्टीनेन्ट कर्नेलको बगलमै बसेर खण्डहरै खण्डहरले भरिएको सडक छिचोल्दै कसरी गइएको थियो त्यो आजसम्म पनि मलाई सपना जस्तो लाग्छ।

लहरै उभिएका फौजी जवानहरू र रातो मखमलले सोडिएको शवपेटिकाको पनि आज मलाई किंचित्‌ मात्न सम्झना छ। तर भाइ, आनातोलीलाई चाहिं आज पनि म झल्झल्ती देख्छु, जसरी अहिले म तिमीलाई देख्दै छु।

स शवपेटिकानेर गएँ । मेरो आँखासामुन्ने उस बेला मेरो छोरो चिरनिद्रामा सुतिरहेको थियो, तर मलाई भने उ मेरो छोरो जस्तै लागिरहेको थिएन। मेरो छोरा ओनातोलीलाई त म सधैँ एउटा केटोको रूपमा देख्ने गर्थे – ओठमा मुस्कान साँघुरो काँध, मसीनो घाँटीमा चुच्चे रूद्रघण्टी । तर त्यहाँ त मेरो सामुन्ने एक गठिलो जीउको नौजवान पल्टिरहेको थियो – हट्ठाकट्ठा काँध, हिसी परेको अनुहार र अर्धमुद्रित आँखा । यस्तो भान पदेथ्यो, मानौं उ मलाई नहेरेर कतै निकै पर अन्जान इलाकातिर ताकिरहेको होस्‌ ! तैपनि एउटा कुरा चाहिँ जस्ताको तस्तै थियो। यदि उसको अनुहारमा
कुनै कुरा दुरूस्त मेरै छोराको जस्तो थियो भने त्यो थियो ओठको कुनामा देखिने मृदुमुस्कानको रेखा । यसै मुस्कानसित म चिरपरिचित थिएँ…। मैले उसलाई म्वाइँ खाएँ र त्यहाँ-

बाट पर सरेर एक कुनामा गएर उभिएँ। लेफ्टीनेन्ट कर्नेलले भाषण दिए। मेरो आनातोलीका साथीभाइहरू आँखाको आँसु रूमालले पुछ्दै थिए, तर मेरा आँखामा भने एक थोपा पनि आँसु थिएन। मलाई के लाग्छ भने मेरो आँसु साराको सारा नै मुटुभित्रै स्याप्पै सुकेर गइसकेको थियो। सके यसै कारणले गर्दा नै आजसम्म पनि मेरो मुटु च्वास्स च्वास्स दुख्ने गर्छ… ।

मैले आफ्नो अन्तिम खुशियाली र आशालाई त्यही पराई जर्मन माटोमा गाडिदिएँ। तोपहरूले शोक सलामी दिए र आ आफ्ना कम्याण्डरलाई दूर यात्राको लागि बिदा गरे। म भित्न कुन्नि के हो चुँडिएको जस्तो मलाई लाग्यो…। म आफ्नो सैनिक टुकडीमा फर्कर त आएँ, तर भित्न खोक्रो जीउ मात्नै लिएर म त्यहाँ पुगेको थिएँ । त्यसपछि छिटै नै मैले सैनिक सेवाबाट अवकाश पनि पाइहाले। कहाँ जाने ? भोरोनेज मैले सोचें – अहँ, कुनै हालतमा पनि होइन ! ” मलाई आफ्नो एक जना साथीको सम्झना भएर आयो। उ लडाइँमा घाइते भएर हिउँदमा नै घर फर्किसक्या थियो र उर्यूपिन्स्क शहरमा बस्थ्यो। उसले एक पल्ट मलाई आफूकहाँ निम्त्याएको पनि थियो। बस्‌, म रवाना पनि भइहालेँ।

मेरो साथी र उसकी स्वास्नीका कुनै बालबच्चा पनि थिएनन् शहरको पुछारमा उनीहरू आफ्नै निजी घरमा बस्थे। पंगु भएको हुनाले उ पेन्सत पाउने गर्थ्यो , तैपनि उसले ट्रक डिपोमा ड्राइभरीको काम गर्दै रह्यो। त्यही नै मैले पनि काम पाइहालें । उनीहरूले नै मेरो बसोबासको बन्दोबस्त पनि मिलाइदिएका थिए । मेरो साथीकै घरमा बसेर मैले पनि ओत लाग्ने ठाउँ पाएँ। हामी किसिम किसिमका मालसामानहरू ट्रकमा लादेर आलपालका इलाकाहरूमा पुर्याउने गर्थ्यौँ ।

शरदमा हामी अनाज पनि ओसार्दथ्यौं। त्यसै बेला नै मेरो परिचय आफ्नो नयाँ छोरोसंग भएको हो। ऊ त्यही बच्चोसंग जो अहिले पर बालुवामा खेल्दै छ।

लामो सफरपछि जब हामी शहरमा फर्किन्छौं त सबभन्दा पहिले नै कुनै चमेनागृहमा घुस्दछौं। थाहा भएकै कुरा हो, त्यहाँ हामी पेटका कीरा मार्ने केही चबाउँछौं र थकाई मेट्न एक गिलास रक्सी पनि घुट्क्याइहाल्छौं । यो पनि भन्दिइहालौं कि त्यस बेलासम्म ममा यस्तो खराब लत बसिसकेको थियो…। एक दिन चमेनागृहमा पस्न लाग्दा मैले यस केटोलाई देखें । अर्को दिन पनि उ त्यहीं नै थियो । यस फूच्चेको रूपरंग ज्यादै नै विचित्नको थियो – मुखभरि खरबुजाको रस र हिलो पोतिएको थियो। यति फोहरी देखिन्थ्यो कि भनी साध्य नै छैन । जिग्रिंग परेको कपाल , तर आाँखा भने दर्के पानी परिसकेपछिको रातमा आकाशका तारा जस्तै चम्किला ! तिमी विश्वास नगर्न पनि सक्छौ, तर त्यो केटो मलाई यति मन पर्न थाल्यो कि उसलाई नदेखेको दिन त म धन्दासुर्ता समेत लिन थालेँ। म झटपट आफ्नो काम सक्याएर दौडिहाल्थे चमेनागहतिर । त्यो केटो त्यस चमेनागृहमा पालिएको थियो। कसैले केही न केही खान दिइहाल्थ्यो र उसको गजारा चलिरहेको थियो ।

चौथो दिन त म अनाजले भरिएको ट्रक हाँकेर कृषिशालाबाट साझै चमेनागृहअगाडि दाखिल भएँ। मैले आफ्नो ट्रक त्यहीं रोके । केटो चमेनागृहको सीढीमा बसेर गोडा हल्लाइरहेको थियो । उसको आनीबानीबाटै उ भोको छ भन्ने प्रस्ट भैहाल्थ्यो । मैले ट्रकको झ्याल खोलेर टाउको बाहिर झिके र उसाई डाके एता आइज… । ल झटपट मोटरमा चढिहाल्‌ …। म तँलाई अन्नभण्डारसम्म……

क्रमश……..