हाल अमेरिकाको बोस्टनमा निवास गर्नुहुने महेश्वर पन्त डायस्पोरिक साहित्यमा एउटा परिचित नाउँ हो । उहाँका फुटकर साहित्यहरू नेपाल तथा डायस्पोरिक मिडियामा निरन्तर प्रकाशन भइरहेका छन् ।
कथाकारितामा नाम कमाइसक्नु भएका पन्तको सामाजिक यथार्थतामाथि व्यंग्य कसिएको पहिलो उपन्यास ‘फुर्लुङ’ गएको वर्ष बजारमा आएको थियो । उहाँले २०७७ सालको राजमित्र स्मृति पुरस्कारसमेत पाउनु भएको छ ।
पन्त गैरआवासीय नेपाली संघको भाषा, साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्यसमेत हुनुहुन्छ । यसअघि उहाँका ‘नबोल्नेहरू’ र ‘मुन्द्रीहरू’ कथा संग्रह प्रकाशित भइसकेका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
