हामी बसका यात्री । करीब २५-३० जना होला । A साइडको सिट नं. ४ र ५ मा उनी र म ।
अँधेरी खोला नजिक बस बिग्रियो । हाम्रो यात्राको गन्तव्य पनि यही रोकियो ।
गाडीवालाले ऐलान गर्दियो- ‘आज गाडी बन्दैन । आ-आफ्नो व्यवस्था आफै गर्नुहोला ।’
यात्रुहरू फटाफट ओर्लिए । आ-आफ्ना गन्तव्यमा पुगे जसरी । शायद हामी गन्तव्य विहीन थियौं । हाम्रो लागि यो ठाउँ जानपहिचानको थिएन । अलमलमा पर्यौं । झिसमिसे साँझ पर्दैथियो । मैले उनलाई हेरें । उनले पनि पुलुक्क मलाई हेरिन् । कुनै बातचित भएन । मौन इशारामै दुवै ओर्लियौं । म अघि लागें, उनी पछि । जम्माजम्मी तीन वटा झुप्रा रहेछन्, यो ठाउँमा लाइन होटेलको रूपमा । बुझ्दैजाँदा सबै कोठा प्याक भइसकेछन् । हामी पल्ला छेउको तेस्रो झुप्रोमा पुग्यौं ।
‘कोठा खाली छन् होला ?’ मैले सोधें ।
‘कोठा त छैनन् त ।’ साहुले हामीतिर नहेरेरै जवाफ दियो ।
हामी मुखामुख गर्यौं । उपाय नास्ति थियो ।
‘मिलाइदिनु न ।’ पुनः मैले अनुरोध गरें ।
‘कति वटा कोठा ?’ साहुनी अलि सहज हुँदै सोधिन् ।
‘दुई वटा ।’ मैले फ्याट्ट भनें ।
‘एउटा पाउन गाह्रो छ, दुई वटा !’ साहु नमजाले हाँस्यो ।
‘दुइटा खाट भएको एउटा कोठा भए हुन्छ ?’ साहुनीले उपाय निकालिन् ।
मैले पुलुक्क उनलाई हेरें । उनी मौन बसिन् ।
‘हुन्छ ।’ अलि संकोच मान्दै मैले स्वीकृति जनाएँ ।
‘त्यो डीलको कोठा । साने र ठुलेलाई हाम्रो कोठामा सारिदिनू । त्यही कोठामा मिलाइदिनु । साँझका पाहुना देउता भन्छन् । के गर्ने समस्या सल्टाउनै पर्यो ।’ साहुनीले दयाको भिख प्रदान गर्दै भनिन् ।
हामी आभारी भयौं । नजिकैको बेञ्चमा बस्यौं । साहु जी कोठा खाली गर्ने उखरमाउलो मच्चाउन थाले । हामी चूपचाप चूपचाप बसिरहेका थियौं । केही समय पश्चात् कोठा तयार भएको जानकारी आयो ।
म झोला बोकेर भित्र छिरें ।
सानो र अँध्यारो कोठा । सानो आँखी झ्याल । दुइटा खाट । कुनातिर खात्राङखुत्रुङ सामानहरू । दुइटा खाटको फरक एक डेढ हात जति ।
म कुनातिरको खाटमा बसें । उनलाई ढोकातिरकै खाट छोडिदिएँ । उनी बाहिरै बसिरहिन् ।
म खाटमा पल्टेर सोच्न थालें – कस्तो संयोग हो ? भाग्य हो कि दुर्भाग्य ! न राम्रो चिनजान छ । चिनजान भनेकै ३-४ घण्टाको साझा बस यात्रा मात्रै न हो । उनी केटी मान्छे । म केटा मान्छे । हामी दुवै जवान । तर कोठा एउटै । सामाजिक नियम विपरीत ।
‘जय होस् भगवान् ।’ मेरो मुखबाट फ्याट्ट निस्कियो । उत्साह र उमङ्गका रेखाहरू सलबलाउन थाले ।
– ‘खाना पाक्यो । खाना खान आउनुस् ।’
म खाटबाट जुरुक्क उठें । आँखा मिच्दै बाहिर निस्किएँ । उनी बेञ्चमै बसिरहेकी थिइन् । म पनि नजीकै गएर बसें ।
खाना पस्कँदै साहुनीले सोधिन्, ‘माछा-मासु के राखम् ?’
म प्रोएक्टिभ भएर फ्याट्ट भनें, ‘माछा ।’
घडीको छोटो सुईले दस टेक्दैथियो । हामीले मीठो मुख लाएर मजाले खायौं । दाल भात थपेरै खायौं ।
हात पुछ्दै म भित्र पसें । उनी पनि चाहिनेभन्दा बढी लजाउँदै भित्र पसिन् ।
आँखी झ्यालमा मैनबत्ती धिपधिप बलिरहेको थियो । म कुनातिरको खाटमा बसें । उनी ढोकातिरको खाटमा बसिन् । मैले ढोकाको चुकुल लगाउन इशारा गरें । उनी बुझ पचाएरै चूप लागिन् ।
मैले मुखै खोलें, ‘चुकुल लगाउनु पर्छ होला ।’
उनको धक् फुट्यो कि क्या हो । ‘लगाउँदा भयो ।’ उनले स्वीकृति जनाइन् ।
‘नजीककै मान्छेले लगाउने त होला ।’
‘नाइँ म लाउँदिन । आफै लगाउनू ।’
म उठेर चुकुल लगाएँ ।
मैनबत्तीको मधुरो उज्यालोमा खाट र ओछ्यान नियालें । जीर्णजीर्ण अवस्थाको खाटमाथि कम्बल । अस्पतालको जस्तो हरियो तन्ना । मैलोमैलो सत्र मुजा परेको सिरानी । टाटेपांग्रे ब्ल्याङ्केट । उनको खाटतिर नजर घुमाएँ । सबै उस्तै । सेम सेम ।
उनी भित्तातिर फर्केर बसेकी थिइन् । म भने उत्तानो पल्टें । दलिनमा आँखा गढ्यो । पूरै ध्वाँसे कालो । उता मैनबत्ती पग्लँदै पग्लँदै निभ्न थाल्यो । वातावरण सहज बन्दै गएकोमा खुशी हुँदै सुत्ने बहाना बनाउन थालें । अब के हुन्छ ? मन भने फुरुङ्गै थियो । निद्रादेवीले जाग्राम बस्ने आदेश दिएर कता सुइँकुच्चा ठोकिन् पत्तै भएन । मनभित्र बसमा भएको पहिलो वार्तालाप सम्झना आयो ।
– हजुरको घर कता हो ?
– डाङ्डुङे । अनि तपाईंको ?
– चलाउने ।
एकछिनको मौनतालाई चिर्दै फेरि सोधें ।
– नाम के पर्यो होला ?
– अनिता ।
– ए । म रमण । कता हिंड्नु भएको ?
– काठमाडौं ।
– किन ?
– पढ्न ।
– कुन लेभल ?
– म समाजशास्त्रमा मास्टर्स गर्दैछु । अनि हजुर कता नि ?
– म पनि काठमाडौं नै भनौं ।
– के कति कामले ?
– मेरो एउटा इन्टरभ्यु छ ।
– के को इन्टरभ्यु ?
– विदेशको लागि ।
– कुन देश ?
– पोल्याण्ड ।
हाम्रो वार्तालापलाई यहीं रोकेर उनी झ्यालबाट बाह्य दृश्य नियाल्न थालिन् । योभन्दा बढी परिचय हुन पाएन ।
कोठा अन्धकारमा परिणत भयो । मैनबत्तीको आयु सकियो । मुन्टो उठाएर पल्लो खाटतिर हेरेँ । उनी भित्तातिर फर्केर सुतेको अनुमान लगाएँ । कहाँबाट शुरू गर्ने ? अलमलमा परें । निष्पट अँध्यारोमा पनि प्रष्ट देखिन्छ ।
होचो कद । गोरी गोरी । पुक्क गाला । हल्का लाली पोतिएका ओठ । दायाँ चिउँडोको कोठी । सैलुङका चुचुरा जस्ता छाती ।
मन आत्तिन थाल्यो । भित्रभित्रै मात्तिन थाल्यो । मभित्रको पुरुषत्व जाग्रित हुन थाल्यो । मनभित्र द्वन्द्व चल्न थाल्यो ।
साहस भन्छ – अघि बढ् मौकामा चौका हान् ।
धैर्यताले भन्छ – पख् । तातै खाऊँ कि जली मरिजाऊँ नगर ।
म द्विविधामा छु ।
अब भने धैर्यताको पराजय र साहसको विजय हुने क्षण नजिकिंदैछ । म बहाना बनाउँछु । हल्का घुर्न थाल्छु । मैले निदाएको प्रमाणित गर्न अपन वायु फ्याँक्छु- ‘प्वाँअ ….. ।’ मस्त निदाएको झैं गरी खाटमा फर्लङ्ग फर्कन्छु । खाट चुइँकिन्छ । सिमाना काट्ने आँट गर्छु । छटपटाए जस्तो गरी दाहिने हात उनको शरीरमाथि फाल्छु । उनले मेरो हात झड्कारेर फ्याँक्दिन्छिन् । स्थिति असहज हुन्छ कि भन्ने डरले चूप लाग्छु । फेरि चुक घोप्ट्याए जस्तो अँध्यारो बढ्दै जान्छ । कोठाभरि सन्नाटा छाउँछ । पहिलो आक्रमणमै असफल भएको सिपाहीको जस्तै गति मेरो गति हुन्छ ।
कसैको भनाइ सम्झन्छु, ‘सुन्दर त सपना मात्रै हुन्छन् यथार्थ त डर लाग्दो हुन्छ ।’ हो कि क्या हो झै लाग्छ ।
म सहज हुने प्रयास गर्छु र सम्हालिन थाल्छु । तर्कना आउँछ, उनले के सोचिरहेकी होलिन् ?
– हेर्दा सोझा लाग्ने मान्छेहरूको व्यवहार उल्टो हुन्छ भन्थे, हो रै’छ ।
– घट्नसक्ने सम्भावित दुर्घटनाका विरुद्ध अपनाइने प्रतिकार्यको तयारी गर्नु आवश्यक छ ।
– मान्छे कति स्वार्थी र अवसरवादी हुन्छ । मौकाको फाइदा उठाउनै पर्ने ।
– के भोक र सेक्स उस्तै हुन् अत्यावश्यक । आदि इत्यादि ।
यस्तै सोच्दासोच्दै र कल्पना गर्दागर्दै लगभग बाह्र बज्न थाल्यो जस्तो छ । निद्रा आउने त कुरै भएन । आवस् पनि कसरी ? भुङ्ग्रोभित्र छ, मन पनि शरीर पनि ।
फेरि साहस बटुल्छु । पुरुषत्वका थुप्रै कहानी सम्झन्छु । एक मन भन्छ- ‘एकै झड्कामा के स्वीकार्नु भनेर बहाना पनि गरेकी हुनसक्छे । एक फेरा फेरि प्रयास गर ।’
बिस्तारै हात लिन्छु । उनको हातमा मेरो हात छोइन्छ । केही प्रतिक्रिया आएन । शायद निदाइन् कि । कसरी निद्रा लाग्यो होला र ? मेरो अनुमान ठीकै हुनसक्छ । अझै साहस बढ्यो । उनका हत्केलामा मेरा औंला राखें । औंला सलबलाउन थाले । घरी हत्केलामा नाच्छन्, घरी उनका औंलाका कापमा घुस्छन् ।
यति गर्दा पनि नेगेटिभ सर्किट नलागेपछि ममा थप ऊर्जा आउँदै गयो । सिमानाका पर्खालहरू भत्किन थाले । बिस्तारै मेरा औंला उनका हातमाथि माथि सर्न थाले ।
मेरा औंलाले कानका लोती छुन पुगे । कानका लोतीसँग मेरा औंला मजाले चल्न थाले । निरन्तर चलिरहे । क्या आनन्द आयो । यस्तो अविस्मरणीय क्षण थाह थिएन । उनलाई कस्तो लाग्दै होला ? अनुमान गर्छु । उनी पनि आनन्दित होलिन् । यत्तिले मेरा औंला किन रोकिन्थे र अझ अघि बढ्न थाले । पुक्क परेका गाला मुसार्न पुगे । पिपलपाते ओठ छुन भ्याए । चोर औंला र बुढी औंलाले नाकको डाँडी थिच्न थाले ।
मलाई आनन्द लागिरहेको छ, शायद उनलाई पनि असीम आनन्द आएकै हुनुपर्छ नत्र त नेगेटिभ सर्किट लागिसक्थ्यो । मभित्रको पुरुषत्व झन् उग्र हुँदैछ । मेरा हातले नावी, कुटी र लिपुलेकका सिमाना काट्न थाले ।
मेरा औंला शैलुङ्गे चुचुराका थुम्कामा पुगे । चुचुरामा पुगेर खूब मजाले खेल्न थाले । सगरमाथा विजय गरे झैं भान भयो । ओठले चुचुरा चुम्न थाले । सफलताको शिखरमा पुगेको आभास भयो । घरी दायाँ चुचुरोलाई ओठभित्र हाल्छु, घरी बायाँ चुचुरोलाई मेरा तीन औंलाको भित्र पार्छु । यो क्रम निरन्तर चलिरह्यो । चलिरह्यो ।
एक मनले सोध्छ, ‘यहीँ हो त मेरो गन्तव्य ?’
अर्को मनले उत्तर दिन्छ – ‘काँ यत्ति हुनु । गन्तव्यमा पुग्न निकै टाढा छ । निकै कठिन छ । तर चाहेमा असम्भव छैन ।’
म हौसिन्छु । मेरा औंला चुचुरोबाट ओरालो लाग्छन् । अचानक नाइटो छुन पुग्छन् । उनी अलि तर्सिन्छिन् । उता फर्किन्छिन् । चुचुरासँगै खेलिरहेको मेरो जिब्रोलाई दक्खल पुग्छ । उता फर्किएकी उनलाई तानेर मेरो वशमा पार्दैछु । औंला र जिब्रो सक्रिय भइरहे । शायद उनी पराजित भइसकिन् । कुनै प्रतिक्रियाविनै समर्पित भइरहेकी छिन् । यो खेलमा मौन रूपमै भाग लिइरहेकी छिन् ।
बिस्तारै मेरा औंला कहाँ रोक्थे र यथावत् ठाउँबाट ओरालो ओरालो लागे । त्यहाँ नगरपालिकाले चुङ्गी कर उठाउन ढाट लगाए झैं सलवारको इजारले ढाटको काम गर्यो । तर मेरा चोर औंला र बुढी औंला सिपालु भइसकेका थिए । इजारको गाँठो खोल्न भ्याए । अगाडि बढ्दा केही समय जङ्गलमा हराए । मेरो चोर औंला ठाउँमै पुगेको थाहा भयो जब औंलामा च्याप्प च्याप्प चिप्लो पदार्थ लाग्यो ।
उनी लज्जाइन् शायद । मेरो हात बिस्तारै हटाइन् । सोच्दै होलिन् कि कस्तो बोका रहेछ । प्रतिवाद गरे जस्तै लाग्यो । एक पटक घच्चाघच्ची पर्यो ।
कुन इन्द्रियले के खाले चमत्कार गर्यो । केही थाह छैन तर म एकाएक शिथिल भएँ । मेरो पुरुषत्वमा गिरावट आयो । म सेलाएँ ।
– बलात्कारको आरोपमा जेल परेका थुप्रै घटना सम्झें ।
– चुकुल लगाउन मलाई नै बाध्य पार्नुको कुनै गूढ रहस्य त छैन ।
– नैतिक धरातलले झापट हान्यो ।
– जिम्मेवारी बोधको चङ्गुलमा फसें ।
– हनी ट्यापरका कथा सम्झें ।
– अपराधी करारको सन्त्रासले थिच्यो ।
करीब करीब रातको दुई बज्यो होला । म आफ्नो हात हटाएर कोल्टो परें । शङ्का र आशङ्काको बादल मडारियो । म मरेको बिरालो जस्तो भएँ ।
आकाश गर्जिन रोकिए पनि धर्ती उम्लन शुरू गर्यो । लक्ष्मणरेखा काट्दै उनका हात मेरा अंगप्रत्यंगसँग खेल्न थाले । उनले चुनौती दिंदै थिइन् ।
अघि उखरमाउलो मच्चाउने साँढेको सिङ कता भाँच्चियो ? रणमैदानमा हतियार विहीन भएर उभिएको सिपाहीको जस्तै अवस्था भयो, मेरो । माया पोखिन् वा प्रतिशोध साधिन्, निरन्तर चलिरहिन् । खानामा माछा छनौट गरेकोमा पनि हीनताबोध भयो ।
निरन्तरको एकल संघर्ष गर्दागर्दै भाले बास्यो – ‘कुखुरी काँ ……!’
क्रोधाग्नीमै उनले आफ्नो हात हटाइन् ।
सोचिन् होला –
– नामर्द !
– कायर !
– लाछी !
– पानी मरुवा !
– नपुंसक !
मिर्मिर उज्यालो भयो । रातभर लगाएर गाडी बनाएछ । म उठेर चूपचाप गाडीमा गएर बसें । उनी पनि त्यसरी नै गाडीमा बसिन् । गाडी गुड्यो ।
कोहलपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।