नेपाली साहित्यको सम्पूर्ण पत्रिका

साहित्य श्रृंखलामा चालिसेको “ओह~नेपारु!” विमोचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरको ५६ औं साहित्य श्रृंखला कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्ष २०२१ को शुभकामना आदान-प्रदान तथा अनेसास जापानद्वारा प्रकाशित विजय चालिसेको जापान भ्रमणको नियात्रा संग्रह “ओह~नेपारु!” को विमोचन गरियो ।

संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व र अनेसास केन्द्रका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति परिवार, अनेसास बोर्ड अफ ट्रस्टीका सदस्यहरु तथा अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा जापानस्थित सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्दै नेपाली राजदूतावास, टोक्योबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

विमोचित कृतिमाथि साहित्यकारद्वय तेजप्रकाश श्रेष्ठ र कृष्ण बजगाईंले आ-आफ्ना धारणा राख्दै कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए भने उपस्थित सबैजनाले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रिय गानसहित सुरुवात भएको उक्त कार्यक्रममा संस्थाकी सह-सचिव सविना रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । यस्तै सदस्य डा. वैकुण्ठ भट्टको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रममा महासचिव रविन शर्माले सन्चालन गरेका थिए ।

सोही अवसरमा केही दिन अघि मात्रै असामयिक मृत्यु वरण गर्नुभएका अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार डा. दुर्गा दाहालप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

प्रतिक्रिया
Loading...