नेपाली साहित्यको सम्पूर्ण पत्रिका

रविनका तीन मुक्तक

१)
तिम्रो त आफ्नालाई पनि तिरस्कार गर्ने बानी छ
संगत त्यस्तैको गर्छौ भ्रष्टाचार गर्ने बानी छ
म जेछु मेरा ‘बा-आमा’बाट सिकेको हुँ
आफ्नो त दुस्मनलाई पनि नमस्कार गर्ने बानी छ ।

 

 

(२)
राष्ट्रघाती सम्झौताका कुरा मानिसिन्छ
आफूजस्तै टाउकाहरु गजब छानिसिन्छ

नेताबाट ठूलो आश नगरिसियोस् मैसाब
देश माथि लान खोज्दा खुट्टा तानिसिन्छ ।

 

 

सान्दर्भिक पोस्ट

बचपन

(३)
ए परदेशी फर्की आइदेऊ यत्ति भए पुग्छ

मात्र देशको गीत गाइदेऊ यत्ति भए पुग्छ
छातीमाथि डोजर चल्दा नेपाल आमा रुँदै भन्छिन्
सिमानामा पर्खाल लाइदेऊ यत्ति भए पुग्छ ।

 

कुनपा १२, चुवा, पर्वत (पाखथोक )
हालः टोकियो, जापान

प्रतिक्रिया
Loading...