नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई

 

यस वर्षको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार’ शिक्षक मासिकलाई प्रदान गरिने भएको छ ।

काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्र’ले एक लाख नगद राशीको पुरस्कार शिक्षक मासिकलाई दिने घोषणा गरेको हो ।

१३ वर्षदेखि प्रकाशित हुँदै आएको शिक्षक मासिक शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदानमा केन्द्रित छ । पुरस्कार २०१० सालमा गठित पहिलो शिक्षा आयोगका सदस्य सचिव तथा फ्रान्सका लागि पूर्व नेपाली राजदुत स्वर्गीय त्रैलोक्यनाथ उप्रेतीको नाममा स्थापना गरिएको हो ।

यो पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ ।

 

Loading...