नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मिथकमाथि लेखिएको समसामयिक कथाः ‘पितामह’

डा. नारायण चालिसे

कृष्ण जनतातिर फर्केर, “यिनीहरूले तपाईँहरूमाथि पनि धोका गर्न खोज्दैछन् । यिनीहरू यी होइनन्, यी जस्तामात्र लागेका हुन् । मेरो शान्ति र मेलमिलापको प्रस्तावलाई लत्याएर मलाई धोका दिए अब तपाईँहरूका आफ्ना बनेर धोका दिन खोज्दैछन् । म बन्न खोज्दैछन् । तर नियतिमाथि कसैको केही लाग्दैन । यिनीहरू जो हुन् ती होइनन्, जो देखिएका छैनन् ती हुन् । नियति जो जो लिएर आएको हो । नियतिमाथि प्रश्न नगर !”

यो धेरै पुरानो कथा हो । यसलाई महाकथा पनि भन्ने गरिन्छ । द्वापरयुगदेखि यता विशेष चर्चामा रहेको यो कथा पहिलोपल्ट भगवान् श्रीकृष्णले आफ्ना प्रिय बन्धु अर्जुनलाई कुरुक्षेत्रमा सुनाएका थिए भनिन्छ । हस्तिनापुरमा सारथि सञ्जयले राजा धृतराष्ट्रलाई सुनाएका थिए । यस्तै यो कथा धेरैले धेरैलाई सुनाए । यस्तै सुनाउने क्रममा मलाई मेरा पिताजीले सुनाउनुभएको थियो । आज मैले मेरा सन्तानलाई सुनाउन खोजिरहेको छु । सबै समयमा सबैले आ–आफ्नो ज्ञानको बुझाइ क्षमताका आधारमा सुन्दै र समयको मागअनुरूप सुनाउँदै आइएको यो कथाको अहिले मैले बुझ्ने बेलाको सार यसप्रकार आएको छ–

जिज्ञासु (एक)– “ए हजुर ! तपार्इँहरूले श्रीकृष्णलाई यता कतै देख्नुभयो ? हिजोसम्म शान्ति, मेलमिलाप भन्दै हिँडेका कृष्ण आज कुरा टुङ्गोमा पु¥याउने अन्तिम घडीमा कता हराए त ?”

डा. नारायण चालिसे

जिज्ञासु (दुई)– “यिनीहरूले पनि कृष्णको धेरै खिल्ली उडाए । धेरै अपमान गरे भन्ने सुनिन्छ ।”

“अब भर्सेला परोस् शान्ति ! भर्सेला परोस् मेलमिलाप ! सबै आ–आफ्नै अहङ्कारमा अन्धा छन् । लडून्, मरून् । फर्किन्छु ।”, केही दुःखी र रिसाएका जस्ता कृष्ण सरासर मनमनै बोल्दै अघि बढे ।

यत्तिकैमा परबाट कृष्ण आउँदै गरेका देखिए ।

जिज्ञासु (तीन)– “ ऊ कृष्ण यतै आउँदै छन् । सोधौँ न के भइरहेछ ? दरवारका अधिकारीले पनि अघि खोज्दै थिए । तर कृष्ण त दरवारतिरैबाट आउँदै छन् !”

जिज्ञासु (एक), “कृष्णले लीला गर्छन् नि !”

बोलाइयो, कृष्ण ! कृष्ण !! केशव !!! तर उनी सरासर अघि बढे, राकिएनन् । बोलाएको सुनेनन् कि नसुने झैँ गरे, बुझिएन ।

जिज्ञासु (दुई), “तपार्इँले एउटा कुरा सुन्नुभयो ?”

जिज्ञासु (एक र तीन) उत्सुक भएर, “के कुरा ?”

जिज्ञासु (दुई) “लडाइँ हुने नै भयो रे !”

एवंक्रमले उनीहरुबीच सम्वाद भइरह्यो –

“तर कृष्णले अर्जुनको सारथि बस्न मानेनन् रे । उनले दुर्योधनको राज्यमा अतिथि बस्न पनि अस्वीकार गरे अरे । दुर्योधनकै कारण विदुरसँग पनि रिसाएका छन् अरे !”

“ठिकै हो, जोगी नै बनिरहन किन सधैँ कृष्णलाई चुन्ने ? “

“अब फकिर कृष्ण मलाई पनि मन परेको छैन ।”

“मलाई पनि ।”

“मलाई पनि ।”

“तर कस्तो कृष्ण चाहिएको हामीलाई ?”

“दुर्योधनजस्तो !”

“कृष्ण दुर्योधनजस्तो भए, दुर्योधन को जस्तो नि ?”

“दुर्योधन युधिष्ठिरजस्तो ! सत्यवादी न्यायप्रेमी । ”

“होइन जुवाडे ! सत्ता र स्वास्नी दुवै दाउमा थाप्ने !”

“कि सत्ताको निम्ति स्वास्नी दाउमा थाप्ने ?”

“स्वास्नीको दाउ सत्ताको निम्ति त ठिकै हो तर सत्ता नै दाउ थाप्ने युधिष्ठिर त के पाइएलान् र अहिलेको युगमा ?”

“नारी अस्मिताको खिल्ली उडेको फेरि मलाई मन परेन ।”

“तपाईँहरुलाई युधिष्ठिर सत्यवादी बनिरहने परम्पराको अन्त्य भएको लागेको छैन ?”

“युधिष्ठिर दोषी हो भन्ने पक्षमा बोल्नेहरुको पनि कदर हुनुपर्यो ।”

“अब सबै फेरिँदै छ । पहिलाजस्तो अब केही पनि छैन । बरु चरित्र मिश्रण भएको छ । । अब सबै नयाँ र नौलोमा,अनौठोमा छ ।”

नगरका चोक चौराहामा पाण्डव र कौरवका बीचको खिचलोका बारेमा भिन्न भिन्न विचार सुन्नमा आइरहे ।

“हामीलाई पाँच गाउँ (शान्ति, संविधान, सत्तासुख, सम्पत्तिसुख र अन्यसुख) चाहिन्छ, अन्यथा हामी दुर्योधनलाई हस्तिनापुरबाट बढारिदिन्छौँ ।”, अर्जुनले स्वर्णधरा क्षेत्रबाट दरवारतर्फ फर्केर उद्घोष गरे ।

“महङ्गो कुरा मागे अर्जुनले । हिजोका अर्जुनले पनि यस्तै माग गरेका थिए र ?”, होइन त्यो युगका अर्जुनले त्यही युगको माग गरेका थिए । आजका अर्जुनले आजकै माग राख्नु पनि त्यति नौलो भएन । फेरि सत्ताको चरित्र पनि त यस्तै यस्तै हो नि ? मिल्दोजुल्दो ।

“दिनै नमिल्ने, यी पाँच गाउँ दिए के नै बाँकी बस्ला र दुर्योधनलाई ?”

“………..।”

अर्जुनले, स्वर्गको सुख पनि चाहिएको छैन । धर्तीको राजा हुनु पनि छैन । मलाई माफ गर कृष्ण !, भनेर गाण्डीव बिसाए भन्ने पनि सुनिँदै थियो त ? फेरि यस्तो निर्णय कसरी गरे ?”

“कृष्णले यो युद्धमा अर्जुनको सारथि बस्न पनि मानेनन् रे रिसाएर भन्ने पनि सुनिँदै थियो अर्को समाचार ?”

“त्यस्तै अर्जुन पनि विचार फेरेर उपस्थित भएका छन् । फेरि गाण्डीव उठाउने रहर जाग्यो रे भन्ने सुनिँदैछ । अनि युधिष्ठिर स्वयंलाई पनि सत्ताको रहर जाग्यो भन्ने पनि सुनिन्छ । द्रौपदीको हाँसोले रिसाएको दुर्योधनका कारणले हो कि ? मनमनै कुण्ठा बोकेर बसेका धृतराष्टको सत्ता र पुत्रमोहले हो ? वा सकुनीको प्रतिशोधको भावनाले हो कि ? द्रोणाचार्यको सर्वश्रेष्ठ गुरुताले हो ? युद्ध त हुने भयो भनिँदैछ । युद्धमा सबैले आफ्नो आफ्नो दाउ लगाएका छन् भन्ने सुनियो । यति सम्म कि पितामहले स्वयंले पनि सत्ताकुण्ठालाई अर्जुनका माभ्यमले पूरा गर्न चाहेका भन्ने सम्म पनि सुनियो ।”

यस्तै भन्न त धर्मयुद्ध भनियो । कृष्णले नचाहेका भए युद्ध हुँदैनथ्यो पनि भनियो । कृष्णले युद्ध चाहेको पनि देखिएन , नचाहेको पनि देखिएन । पटक पटक नियतिका कुरा भए । कुरा अरु धेरै किसिमका भए । सायद धेरै किसिमका कुरा बाँकी रहने शास्त्रको नाम महाभारत हो जस्तो पनि देखियो । तर युद्ध धृतराष्ट्रले नचाहेका भए नहुने रहेछ जस्तो पनि बुझिन्थ्यो सारमा ।

अर्जुले राज्यलाई चुनौती दिनुपूर्वका केही सम्वादहरूको पनि त्यहाँ चर्चा सुनियो । एक दिन युधिष्ठिरले भाहरूलाई जम्मा पारेर भने रे, “भाइ हो, किन किन मलाई पुनः राज्यसत्ताको इच्छा जागेको आभास भइरहेछ । यो मेरो चरित्रसँग मिल्ने गुण होइन तर पटक पटक किन यस्तो इच्छा भइरहेछ ?”

“दाजू भन्न नसकेको मात्र हो हामीलाई पनि सत्तारोहणको तीव्र इच्छा जागृत भइरहेछ ।” सबै भाइहरुले एकै स्वरमा आफूहरुको इच्छा पनि जाहेर गरे ।

“यसको निम्ति तयारी प्रारम्भ गरौँ त दाजू ?”

“मेरो इच्छा भएको भन्ने कुरा बाहिर नआओस् । जनताको युधिष्ठिरप्रतिको विश्वास हराएर जान्छ ।”

“यसलाई जनता कै इच्छा भन्न मिलदैन ?”

“मिल्ला !”, अर्जुनले कुटनीतिक हाँसो हाँसे ।

“भाइ निकै चलाख छ । यसले कुनै न कुनै उपाय अपनाउने नै छ । फेरि केशव पनि त साथमा हुनुहुन्छ । नकुल र सहदेव पनि विज्ञ नै हुन् ।”

“कार्य प्रारम्भ गरौँ त दाजु ?”

“युक्तिपूर्वक गर ।”, युधिष्ठिरको आदेश अनुसार सत्तारोहणको अभ्यास प्रारम्भ भएछ ।

“दाजुश्री एउटा अनर्थ भइसकेको छ, कृष्ण हामीसँग छैनन् । हाम्रा सेना त सबै जम्मा छन,् तर हामी निशस्त्र जस्ता छौँ । के हामीले युद्ध जित्न सम्भव छ ?”

“जितिन्छ, जितिन्छ ।”

“तर दाजु कृष्णको कुटनीति दह्रो छ । यसपटक हामीलाई छोडेरै गए । यता हामीलाई उक्साए, उता दुर्योधनसँग सहकार्य गर्दैछन् भन्ने पनि सुनिँदै छ । कृष्ण नभएको युद्ध जित्न सम्भव छ र ?”

“सम्भव छ । तर अर्जुन तिमी कृष्णसँग किन डराएका ? तिम्रा त उनी सखा नै हुन् । तिम्रो धनुर्विद्या भलिभाँती बुझेका कृष्ण अन्त्यमा हाम्रै पक्षमा हुनेछन् । त्यसमाथि यो कलियुगको महाभारत हो । यहाँ एउटा कृष्णको भरमा होइन अक्षौहिणी सेनाको भरमा राज्य जितिन्छ (सेनातर्फ देखाउँदै) । आवश्यकता परे यसपटक हामी कृष्णसँग पनि युद्ध गर्न तयार हुनुपर्दछ बुझ्यौ ?”

दक्षिणतर्फ रहेका आफ्ना भाइहरुतिर फर्केर सुटुक्क बोले अनि चर्को स्वरमा उत्तरतिरका अक्षैहिणी सेनातर्फ फर्केर भने, “हामीले आधा युद्ध जितिसक्यौँ, अब आधा बाँकी छ । त्यो पनि छिट्टै जितिन्छ ।”(गडडडडडड ताली)

“के भन्दै छन् यी युधिष्ठिर ? यो नाटक हो कि वास्तविकता ?”

“यो नाटक पनि हो वास्तविक पनि हो ।”

“दुवै कसरी हुनसक्छ ?”

“जसरी युधिष्ठिर छन् ।”

“युधिष्ठिार पनि नाटकै हुन् त ?”

“रूपमा उनै हुन्, चरित्र फेरिएको आभास हुन्छ । परिस्थितिले त्यसै भन्दै छ ।”

“युधिष्ठिरबाट यस्तो उग्र भाषण ? त्यो पनि कृष्णकै विरुद्धमा लड्ने कुरा ? कस्तो अचम्म ? युधिष्ठिर र युद्धको इच्छा ? अर्थात् मामाछोरा फुपूछोरा भाइभाइ ?”

“अनि दुर्योधन र युधिष्ठिर भाइभाइ थिएनन् र ? त्यहाँ पनि त दुई भाइका छोरा हुन् ?”

“यो स्वजनकै बीचको युद्ध हो । यहाँ आश्चर्य मान्नुपर्ने केही छैन ।”

“कसले जित्ने ? कसले हार्ने ? अनि के पाउने ?”

“जसले जिते पनि भाइले नै जित्ने हो । राज्य र सत्ताबाहिर जाने डर मान्नु पर्दैन ।”

दूरदर्शन यन्त्रशालाबाट सञ्जयले दूरवीन घुमाउँदै खबरको प्रत्यक्षप्रसारण गरे, “युधिष्ठिरले युद्धको घोषणा गरे महाराज ।”

“के भन्दैछौ सञ्जय ?”

“युवराजको यस्तै इच्छा बुझिन्छ महाराज ।”, त्यसपछि टुँडिखेलतर्फको दृश्य प्रस्तुत गर्दै प्रसारण अघि बढाए । हतो वा प्राप्स्यसि स्वर्गं, जित्या वा भोक्ष्यसे महीम् म¥यौ भने सहिद हुने छौ, राज्यले कदर गर्नेछ, तिम्रो परिवारले क्षतिपूर्ति पाउने छन्, जित्यौ भने सिंहदरबार…। तस्मात् उत्तिष्ठ.. हे अक्षौहिणी सेना हो, उठ भीम, अर्जुन, नकुल, सहदेव । युद्धाय कृतनिश्चय, युद्धको निम्ति तयार होऊ । युधिष्ठिरले दोहो¥याएर भने, “भोक्षसे महीम् । ..महीम्…।”

यस्तैमा सेतो आकृति जस्तो (छाया) देखापर्यो र हरायो ।

“हाम्रो यस विषयमा के विचार हो ? म त पाँच गाउँ दिऊँ भन्छु । आफ्नै भाइहरूलाई मारेर मैले के शासन गर्नुछ र ?” (दुर्योधन )

“तिमी दुर्योधन नै हौ त ? तिमी त अर्जुन बन्यौ जस्तो छ । हिजो अर्जुनले धनु फालेका थिए आज दुर्योधनले ।”

“अर्जुनले इच्छा फेरेपछि कोही त अर्जुनको भूमिकामा हुनुप¥यो । त्यसैले म अर्जुन बनेको । के अभिनय मिलेन ?”

मामा शकुनी, “तिमीलाई उपदेशको आवश्यकता प¥यो भाञ्जा । कृष्ण कता जानुभयो ?”
“हिजो आफैँ राज्य छोडेर, देशलाई अप्ठ्यारो पारेर जाने, आज पुनः इच्छा जाग्यो भन्दैमा दिन सकिन्छ र ? सत्ता मागेर पाइने भीख पनि त होइन नि ?”(अरु भाइहरू)

(सभामा गुरु द्रोणको प्रवेश)

“हामीले कस्तो अप्ठ्यारोमा सत्ता समालेको ? बिर्सियौ दुर्योधन ?”

“तर गुरु स्वजन भनेको स्वजन नै हो । त्यसमाथि ममा नैतिक बलको पनि अनुभव गर्दै छु । ती धेरै प्रतिस्पर्धामा अर्जुनसँग पराजित भएका सबै घटना ताजै पनि त छन् । मलाई ती दृश्यले बारम्बार झस्काइरहन्छन् । गुरुलाई त मेरो क्षमता थाहा छ नि ?”

“दुर्योधन तिमीले धर्म र नीतिका कुरा गर्दै छौ । यो समय नीति र धर्मले चल्ने समय होइन । अनीति, अधर्म कलियुगस्य लक्षणम् ।”

सभामा कर्णहरुको प्रवेश ।

“मित्र दुर्योधन किन शिथिल छौ ?”

“ममा शासन गर्ने मोह रहेन अब मित्र कर्ण ।”

“तर दुर्योधन, तिमी , तिमीमात्र कहाँ हौ र ? तिमी त हामी पनि हौ । हाम्रो इच्छा शक्ति कमजोर भएकै छैन । तिम्रो कसरी हुन्छ ? अनुभव गर ? अझ बढी अनुभव गर ?”

दुर्योधन भित्र गए , केही समय हराए ,पुनः बाहिर आए र भने , “कर्णहरू, भाइहरू, साँच्ची ममा केही महत्त्वबोध भयो । तर सम्भव छ त ?”

“सम्भव छ, तिमीले हुन्छ मात्रै भन, तिमी दुर्योधन हौ ?”

“तर पनि मलाई दाजू युधिष्ठिरकै इच्छा मन प¥यो पाँच गाउँ ? दिऊँ भन्छु म त ?”

“हामीमा मत विभाजन उचित भएन । कुरा ठिक भए पनि प्रक्रिया ठिक भएन ।”

“हामीले पाँच गाउँको प्रस्ताव एकमतले अस्वीकार गर्छौँ । सत्तामा मोलाहिजा ? यो मिल्ने चरित्र नै भएन । त्यसमाथि जूवाको नशामा राज्य र स्वास्नी नै दाउ थाप्नेहरूप्रति फेरि विश्वास गर्न सकिएला र ?”

“राजसी चरित्र देखाएकालाई हामी राज्य गर्नेहरूले अन्यथा नलिने हो कि ? हामी पनि कहाँ कम छौँ र ? त्यही जूवामा राज्य र स्वास्नी दाउ थाप्न नपाएका मात्रै त हौँ ? आखिर स्वास्नीको (भाउजू) दाउ जित्ने त हामी नै हौँ नि ?”

“मामा शकुनी हुनुहुन्छ र सबै सम्भव भएको छ ।”

“यसमा काकाहरूको समर्थन प्राप्त होला ?”

“उहाँहरू पनि मूल धारमै हुनुहुन्छ । सत्ताको नुन खाएकाहरूको डर मान्नु पर्दैन । फेरि पाण्डवहरू हामीसँग जस्तै काकाहरूसँग पनि रिसाएकै छन् । पुनरागमनमा सहयोग गरेनन् भन्ने पाण्डवहरूको आरोप छ ।”

“पितामह ?”

“उहाँ हुनुहुुन्छ नि हाम्रैतिर ?”, एउटा कुटिल हाँसो ।

“एकातिर पाण्डवहरू उग्र भएर देखापरिरहेछन् । उता दुर्योधन छाड्दै छाड्दिन भन्छ । ऊ त मान्थ्यो होला भाइहरूले छाड्नै दिँदनन् । पाण्डवहरू पनि किन यति चकचके भएर सत्ताकै निम्ति मरिमेटेका ? त्यत्रो जंगलको कष्ट त सहेर बसेका हुन् । आज त राज्यमा सम्मानपूर्वक नै बसेका छन् । सुस्तसुस्त मिलिहाल्थ्यो नि । पाण्डवहरूले सही तरिका अपनाएनन् । हिजोको दुर्योधनको स्वभाव पाण्डवमा पनि देखिन थालेको छ । एउटै मूलको पानीको प्रभाव हो ।”
“एता कृष्ण पनि रिसाएर टाढा टाढा हुँदैछन् । कृष्णलाई त हामी सबैले अपमान ग¥यौँ । आदर गरेर बोलाउने र गाली गरेर पठाउने नीति भयो हाम्रो । तैपनि यो पालि दुर्योधनलाई साथ दिने हाम्रो बाध्यता छ । तर पाण्डवहरुको स्वभाव पनि मनपर्दो भएन । दुर्योधनको नुन हाम्रो निम्ति महङ्गो उपहार हुने भयो ।”

विदुरवाक्य सुनेका सबै सभासद्ले विदुरवचनको समर्थन गरे ।

“हस्तिनापुरका जनता हाम्रो निर्णय पर्खिरहेछन् । हामीबाट मात्र यिनको रक्षा सम्भव छ । राज्य दुर्योधनको भएपनि निर्णय हाम्रो सुन्ने इच्छा राख्छन् जनता ।”, विदुरले अठोट लिएको अनुहार पारे ।

दृश्यमा हस्तिनापुरवासी जनता देखापरे ।

एउटा सेतो छाया देखाप¥यो र हरायो ।

“त्यसो भए विदुर नीति पनि फेरिएको छ होइन त ?”

“सबैको रूप, भूमिका र चरित्रमा मिश्रण देखापरेको छ । अलिअलि त पीतामहको डर मान्नुपर्ने ? कि पितामह पनि ?”

“हो उहाँको पनि भूमिका फेरिएको छ ।”

“तर ठूलो रुखको छहारी स्वस्थकर नै छ ।”

“यी हस्तिनापुरवासी न्यायप्रेमी जनता हजुरको संरक्षकत्व चाहन्छन् ।”

“हो हस्तिानापुरका यी सारा जनता मबाट मात्र सुरक्षित छन् । मैले यिनको साथ छोड्नुहुन्न । यी अनाथ हुनेछन् ।” दुर्योधनले अठोट लिएको अनुहार पारे ।

दृश्यमा हस्तिनापुरवासी जनता देखापरे ।

“जे भए पनि पितामह हामी सबेैले मानेकै व्यक्ति थिए । हामी पाण्डवहरूका त अभिभावक नै थिए
। तर किन उनी पनि सशंकित व्यवहार गरिरहेछन् हिजो आज ?”

“मनैबाट युधिष्ठिरले भने तर उनले भनेर गएका छन् । युधिष्ठिर तिमीहरूमाथि फेरि षड्यन्त्र हुन सक्छ । मैले त राज्य नै दिन पर्छ भनेको छु । विदुरसमेत मेरो कुरा काट्न थालिरहेछन् । आफू निक्लेरै जानुपरे पनि पाण्डवहरूलाई राज्यमा ल्याएरै छाड्छु भनेको थिएँ । ल्याएँ पनि । अब अडिने तिमीहरूको काम हो । युक्ति लगाऊ । युधिष्ठिर तिमीबाट उत्तराधिकारको अपेक्षा गरेको छु ।”

“अब मेरो हातबाटमात्र सुरक्षित हुन सक्छ । यी सबै हस्तिनापुरवासी न्यायप्रेमी जनता मबाट मात्र सुरक्षित हुन सक्छन् ।”, युधिष्ठिरले पनि अठोट गरेको अनुहार पारे ।

दृश्यमा हस्तिनापुरवासी जनता देखापरे ।

“सुन्नुभयो तपाईँहरूले ? देख्नुभयो तपाईँहरूले ?”

“के ?”

“नयाँ हस्तिनापुरका नयाँ पाण्डवहरूका कुरा ? त्यस्तै नयाँ कौरवहरूका कुराहरू ? नयाँ र नौला वहाँहरूका कुराहरू ?”

“त्यहाँ अक्षौहिणी सेनाहरू प्नि थिए । पाण्डव र कौरवहरूका नौला अनुहार र अनौठा कुराहरू
त्यहाँ थिए । त्यहाँ उनीहरूले जनतालाई देखाएर प्रतिज्ञा पनि गरेकाजस्ता पनि लाग्थे । तर त्यहाँ हस्तिनापुरका जनता थिएनन् ।

“त्यहाँ हामीले हामीहरूलाई कहीँ कतै देखेनौँ ? तर युधिष्ठिर र दुर्योधनले मेरा जनता भनिरहेका थिए । त्यहाँ उनीहरूका जनतामात्र थिए । ती त हामी नभएको राज्यका कुरा थिए । त्यहाँ त हामी जनताको पक्षमा कुनै सम्वाद नै भएको थिएन ।”(व्यक्ति एक)

“हो देखाइएका जनता, भनिएका कुरा सबै यिनीहरूका आफ्ना पक्षका थिए । हामी त अदृश्य र असान्दर्भिक छौँ त्यस सभामा । यो सबै हाम्रा लागि भएको भन्ने बुझनुभएको छ भने त्यो तपाईँको भुल हुनेछ ।”(व्यक्ति तीन)

“हामी त जुत्ता हौँ, चप्पल हौँ, भुइँ हौँ, गुन्द्री हौँ, सिँढी हौँ, भकुण्डो हौँ ।”(व्यक्ति चार)

“तर हामी अँठिनु, दबिनुको पीडा हामीलाई मात्र थाहा हुने । यो कस्तो अनौठो शासन हगि !” (व्यक्ति पाँच)

“सुन्नुभो तपाईहरूले महाराजका कुरा ? दुर्योधनका कुरा ? हस्तिनापुरको सभामा आफूहरूलाई देख्नुभयो कतै ?”(व्यक्ति छ)

“त्यहाँ त पाण्डव र कौरवको पक्षका केही सेना र उनका आफन्तहरू थिए । त्यहाँ त हामी कतै थिएनौँ ।”
“त्यसोभए हामी को हौँ ? हामी त दुवैतर्फ थिएनौँ त्यहाँ ?”

“ठिक बुझ्नुभयो । ती हामी हौइनौँ र त्यो हाम्रो सभा पनि होइन । त्यहाँ हामी देखिन मिल्दैन । ती त उनीहरूले बनाएका जनता हुन् । भएका जनता होइनन् । तपाईहरू यो भ्रममा नपर्नुस् हामी हुँ भन्ने नठान्नुस् ।”
(एउटा समूह यसो भन्दै अघि बढ्यो )

केहीक्षणपछि –

युधिष्ठिर, दुर्योधन र विदुर आदिको प्रवेश । उनीहरू सबै मिलाएर बनाइएका नायक र एकअर्काका प्रतिनायक जस्ता देखिन्थे । सबैका अनुहारमा कुटिल खालको हाँसो देखिन्थ्यो ।

“हामी एक थियौँ, छौँ र हुनेछौँ ।”, उनीहरूले सामूहिक स्वरमा बडो मिलाएको भाषमा मौलिकजस्तो गरी त्यसो भने ।
“तर हामी एक छैनौँ ।”, माथि उभिएकाहरूका पनि आँखा र कान ठाडा भए । उनीहरूले तलतिर फर्केर हेरे जता मौलिक जनता थिए ।

“हामी तपाईँहरूका राज्यमा नभएका जनता हौँ । त्यसैले एक हुन सकेनौँ ।”

“हामी मौलिक जनता जिन्दावाद ।”

एवंक्रमले जिन्दावाद चलिरह्यो, धेरैबेर ठूलो समूहबाट । अघि सभामा नदेखिएका धेरै जनता त्यहाँ देखापरे ।

“हामी जिन्दावाद ?”

“…र उनीहरूले भने हामी खोई ?”

“हामी युधिष्ठिर मान्दैनौँ !”

“हामी दुर्योधन मान्दैनौँ !”

“हामी विदुर मान्दैनौँ !”

“…………..मान्दैनौँ !”

“………….मान्दैनौँ !”

यो अप्रत्यासित दृश्य हेर्दाहेर्दै ती सबैको अनुहारमा एकाएक परिवर्तन देखाप¥यो । युधिष्ठिर दुर्योधनजस्ता, दुर्योधन विदुरजस्ता, विदुर युधिष्ठिर जस्ता यस्तै के के जस्ता देखिन थाले । सबै भिन्न पनि थिए, उस्तैजस्ता पनि थिए तर आँफूजस्ता वा जनताका जस्ता कोही पनि थिएनन् ।

उनीहरूलाई आफूहरू असुरक्षित हुँदै गएजस्तो अनुभव भयो । उनीहरूले मुखामुख गरे र त्यहाँबाट उम्किने तर्खर गर्दैगर्दा – “ये यथा मां प्रपद्यन्ते तां तथैव …, मलाई जसले जसरी हेर्न चाहन्छ म त्यस्तै देखिन्छु ।”

“यो त कृष्णको बोली हो !”

“कृष्ण ! कृष्ण ! कृष्ण !!”

“म युधिष्ठिर कृष्ण !”

“म दुर्योधन कृष्ण !”

“म विदुर कृष्ण !”

“हामीले तपाईँलाई अपमान गर्ने भुल ग¥यौँ । हामीलाई गल्ती अनुभव भयो । कृष्ण हामी यहाँ छौँ ।”

“म त तपाईँ नै हुँ युधिष्ठिर !?”

“म त तपाईँ नै हुँ दुर्योधन !?”

“म त तपाईँ नै हुँ विदुर !”

कृष्ण जनतातिर फर्केर, “यिनीहरूले तपाईँहरूमाथि पनि धोका गर्न खोज्दैछन् । यिनीहरू यी होइनन्, यी जस्तामात्र लागेका हुन् । मेरो शान्ति र मेलमिलापको प्रस्तावलाई लत्याएर मलाई धोका दिए अब तपाईँहरूका आफ्ना बनेर धोका दिन खोज्दैछन् । म बन्न खोज्दैछन् । तर नियतिमाथि कसैको केही लाग्दैन । यिनीहरू जो हुन् ती होइनन्, जो देखिएका छैनन् ती हुन् । नियति जो जो लिएर आएको हो । नियतिमाथि प्रश्न नगर !”

कृष्ण सरासर अघि बढे । सुरिलो स्वरमा बाँसुरी फुकेको ध्वनि गुञ्जिँदै टाढा हुँदै गर्दा एउटा अग्लो छाया यतैतिर फर्केर हेरिरहेको देखियो ।

सबैले एकै स्वरमा भनेको सुनियो, “पितामह ! पितामह ! पितामह !!”

परिस्थिति विसम थियो । योबेलामा सबैले पितामहको अभाव अनुभव गरे ।

Loading...