नेपाली साहित्यको सम्पूर्ण पत्रिका

जेके रोलिङलाई कार्बाही नगरेको भन्दै लेखकले छाडे एजेन्सी

प्रकाशक र लेखकका बीच पुलको काम गर्ने एजेन्सी बेलाबेलामा विवाद आइरहेका हुन्छन्। यस पटक भने लेखिका जेके रोलिङको विवाद साम्य हुने छाँट देखिएको छैन। पछिल्लो पटक उनका कृति प्रकाशन गर्न भूमिका खेल्ने एजेन्सी र अन्य लेखकबीच जेके रोलिङका विषयमा विवाद चुलिएपछि एजेन्सी छाड्ने घोषणा गरेका छन्।

यस्तो घोषणा गर्नेमा फक्स फिसर, ड्रयु डेभिस र उग्ला स्टेफनिया क्रिस्टजोनुडटिर जस्ता लेखक रहेका छन्।

खासगरी जेके रोलिङले पछिल्लो समय विवादास्पद अभिव्यक्ति दिएको र सो अभिव्यक्तिले ट्रान्स जेन्डर समुदायलाई गहिरो दुःख पुर्याएको भन्दै ती लेखकले अन्यलाइ साथ दिँदै एजेन्सी छाड्ने निर्णय गरेका हुन्। रोलिङको पछिल्लो बाल उपन्यास ‘इकाबोग’लाई बजारमा ल्याउने क्रम अघि बढाएपछि केही लेखकले एजेन्सीले रोलिङका बारेमा आफ्नो खास धारणा के हो स्पष्ट नपारूञ्जेल काम गर्न नसकिने भन्दै एजेन्सी छाडेको जनाएका छन्।

हुन त यी लेखकहरू नाम चलेका भए पनि रोलिङको जत्ति किताब बिक्री नहुने भएकाले ती लेखकले कम्पनी त्यागे पनि कम्पनीको आम्दानीलाइ खासै असर पुर्याउँदैन। आम्दानीको मुख मात्र हेर्ने तर लेखकको विचारको आधार नहेर्ने र लैंगिक अल्पसंख्यकप्रति अनुदार धारणा राख्नेप्रति सहकार्य गर्नेप्रति आफू सँगै हिँड्न नसक्ने भन्दै ती लेखकले एजेन्सी त्यागेको जनाएका हुन्।

यसका बारेमा ब्लेयर पार्टनरसिप नामक सो एजेन्सीले भने धारणा व्यक्त गरेको छैन। बरू रोलिङको नयाँ उपन्यास के कसरी बजारमा ल्याउने हो भनी काम अघि बढाइरहेको छ।

खासमा भएको के थियो?

लेखिका रोलिङले आफ्ना पिताले आफू जन्मने बेलामा छोरा पाउने आशा गरेको र एउटी स्त्रीका रूपमा हुर्कनु पर्नेमा छोराका रूपमा हुर्काएर आफ्नो मूल लिङ्गमाथि हिंसा गरेको भनी लामो निबन्ध लेखेकी थिइन्।

सो निबन्ध पनि त्यो विवाद चर्किएपछि लेखेकी थिइन्, जब एउटा कम्पनीले महिलाको अस्तित्व नै नामेट पार्ने हिसाबले एउटा विज्ञापन बनाएको थियो। पिपल हु मेन्सुरेट अर्थात् नछुने हुने मानिस भनी बनाइएको विज्ञापनमा उनले आपत्ति जनाएकी थिइन्।

नछुने हुनु महिलाको सबैभन्दा राम्रो प्रक्रिया भएको र पोलिटिक्कली करेक्ट र सभ्य देखिने नाउँमा महिलाकै अस्तित्व नामेट पार्ने कार्य भइरहेको भन्दै ट्वीटरमा टिप्पणी गरेकी थिइन्।

सो टिप्पणीपछि फिल्म उद्योगदेखि लैंगिक अल्पसंख्यकहरूले उनको धारणाप्रति चर्को आलोचना गरेका थिए।

यस सन्दर्भमा रोलिङको पुस्तक प्रकाशक तथा एजेन्सीले धारणा व्यक्त नगरेको भन्दै पछिल्लो समय लेखकहरूको समूहले एजेन्सी त्यागेको बताएका हुन्।

Loading...