नेपाली साहित्यको सम्पूर्ण पत्रिका

मार्दी हिमाल – कम खर्च, कम समय र कम जोखिममा देखिने स्वर्गको टुक्रो

मार्दी हिमाल ट्रेक जुनसुकै बेला गर्न सकिन्छ तर अक्टोबर र मार्च भने सुविधाजनक यात्रा हुन्छ । यो हिमालको पदयात्रा कम सुनिएको भए पनि असाध्यै सुन्दर पदयात्रा छ । रोचक कुरा के छ भने यो यात्रा अन्य हिमाल जस्तो गाह्रो पनि छैन । खर्चका हिसाबमा पनि यो कम खर्चिलो छ भने समयका हिसाबमा पनि काठमाडौँबाट पाँच दिनको यात्रामा सम्पन्न गर्न सकिन्छ ।

काठमाडौँबाट पोखरा गएपछि काँडे जाने बस पाइन्छ । पोखरादेखि बागलुङ जाने राजमार्गको बाटोमा पर्छ काडे ।काँडेबाट अष्ट्रेलियन बेस क्याम्पसम्म पैदल यात्रा गर्न पर्छ । यसका लागि औसतमा डेढ घण्टा हिँडेपछि पुगिन्छ । सो रात अष्ट्रेलियन बेस क्याम्पमा बस्दा उपयुक्त हुन्छ । त्यहाँबाट हिमालहरु र पोखरासम्मको दृष्य एकै पटक देखिन्छ भने सूर्योदयले पनि मन हर्छ ।

अष्ट्रेलियन बेस क्याम्पबाट हिँडेपछि त्यो दिनको बासको लागि फोरेस्ट क्याम्प पुगिन्छ तर अलिक राम्ररी हिँडियो भने रेस्ट क्याम्पसम्म पुग्न सकिन्छ । बास बस्न र खानाका लागि भने फोन गरेर जाँदा सजिलो पर्छ ।

रेस्ट ग्याम्पसम्म पुग्दै गर्दा बाटो भरी विभिन्न प्राकृतिक सौन्दर्य रसस्वादन गर्न पाइन्छ ।

रेस्ट ग्याम्पपछि हामी हाइ क्याम्पका लागि यात्रा गर्दछौँ । त्यस बीचमा आउने बादले डाँडा त्यो पदयात्राको अर्को सुन्दर ठाउँ हो । यहाँबाट हाइ क्याम्प जाँदै गर्दा देखिने फूलहरुको दृष्य वास्तवमै पदयात्राको थकान मेटाउने किसिमका हुन्छन् ।

हाइ क्याम्पबाट २ घण्टा हिँडेपछि भ्यु पोइन्ट पुगिन्छ भने भ्यु पोइन्टबाट २ घण्टाको यात्रामा मार्दी बेस क्याम्प पुगिन्छ ।

यहाँ प्रयोग भएका सम्पुर्ण तस्विरहरु मोचन भट्टराईले खिचेका हुन् । घुम्न रुचाउने भट्टराई सौखका रुपमा फोटो खिच्ने गर्दछन् ।

Loading...