नेपाली साहित्यको सम्पूर्ण पत्रिका

भानुका कलाकारितामा गणेशका अनेक अवतार

भानु भट्टराई

भानु भट्टराईमा मन अचम्मको छ, उनलाई भगवान् गणेशको मात्र चित्र कोर्न मन लाग्छ | उनी आफ्नो कलाकारितामार्फत गणेशलाई अनेक अवतार दिन्छन् |

चिसंखुगढी गाउँपालिका ओखलढुंगामा जन्मिएका भानु भट्टराई पहिले पत्रकारिता पढ्न चाहन्थे तर समयले उनलाई सिर्जना कलेज अफ आर्टमा पुर्याइदियो र पढ्न थाले चित्रकला।

उनलाई ‘गणेश’माथि विभिन्न प्रयोग गर्न निकै मनपर्छ। उनले विभिन्न माध्यममा सयौँ गणेशका पेन्टिङ, स्केच, ड्रइङ बनाइसकेका छन्।

पेन्टिङबाहेक डिजिटल मिडियामा काम गर्न उनलाई रमाइलो लाग्छ।

गणेशका चित्र बनाउँदा उनलाई बडो आनन्द आउँछ। उनलाई अलौकिक ऊर्जा पाएको अनुभूत हुन्छ। यस्तो आनन्द उनले अन्त कतै आजसम्म पाएका छैनन्। त्यसैले त उनलाई भगवान् गणेशको मात्र चित्र कोर्न मन लाग्छ। उनी आफ्नो कलाकारितामार्फत गणेशलाई अनेक अवतार दिइरहन्छन्।

सानैदेखि कलाकारितामा रूचि राख्ने भट्टराई व्यवसायी पनि हुन् तर उनी व्यावसायिक काम अरूलाई जिम्मा लगाएर कलाकारिताको यात्रामा अनवरत यात्री बनिरहेका छन् । दर्जन बढी बाल पुस्तकमा चित्र भरेका भट्टराई हाल हिमाल मिडियामा कला संयोजकका रूपमा कार्यरत छन् । उनका कला सिर्जना साहित्य पत्रिका मधुपर्कमा पनि बेलाबेलामा प्रकाशित हुने गरेका छन्।

प्रस्तुत छ, उनै भट्टराईले क्यानभासमा कोरेका गणेशका अनेक अवतारः

 

 

Loading...