नेपाली साहित्यको सम्पूर्ण पत्रिका

बोल्टनको ४४० भोल्टको किताब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन आर. बोल्टनले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकको सार्वजनिक वितरण रोक्न ट्रम्पले अदालतलाई गुहारेकामा अदालतले पुस्तक प्रकाशन र वितरण नरोक्न आदेश दिएको छ।

पुस्तक पहिल्यै सारा संसारभर पुगिसकेको र यसले पुर्याउनुपर्ने क्षति पहिल्यै पुर्याइसकेका कारण यसको वितरण स्थगन गर्नुपर्ने कुनै औचित्य नरहेको भन्दै अदालतले राष्ट्रपति ट्रम्पको अनुरोधलाई अस्वीकार गरेको हो।

त्यसो त कोलम्बिया डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोयस सी. लाम्बर्थले सुरक्षा सल्लाहकारका रुपमा पहिले काम गरिसकेका बोल्टनको सिर्जनाले देशको हित रक्षा गर्न चुकेको र कतिपय गम्भीर सूचनासमेत पुस्तकमा उल्लेख गरेको भन्दै २० लाख डलर धराैटीमा राख्न आदेश दिएका छन्।

न्यायाधीश लाम्बर्थले १० पृष्ठ लामो धारणामा यी कुरा उल्लेख गरिएको छ। गम्भीर सूचना उल्लेख गरिएको भए पनि पुस्तक प्रकाशन र वितरणको स्थगन नहुने निर्णय गरेका छन्।

सान्दर्भिक पोस्ट

गुँड

काठमाडौँ मइन्टोल

आमा

‘द रुम ह्वेयर इट ह्यापेन्ड’ पुस्तकमा डोनाल्ड ट्रम्पको सुरक्षा सल्लाहकारका रुपमा बोल्टनले काम गर्दाका बखत भएका, देखेका र सुनेका कुराहरु समेटिएको पुस्तक हो।

त्यसो त ती गतिविधिहरुमध्ये अधिकांश ट्रम्पविरोधी खेमाका मिडियामा पहिलेदेखि प्रकाशित हुँदै आएका कुरा नै हुन्। खासगरी द न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले ट्रम्पको नीति तथा क्रियाकलापमाथि पहिलेदेखि नै टिप्पणी र आलोचना गर्दै आइरहेका थिए र ती गतिविधिलाई नियमित रुपमा प्रकाशन गर्दैआइरहेका थिए।

आफूप्रति अति आलोचित भएको भन्दै उनले द न्युयोर्क टाइम्स पत्रिकाका ह्वाइट हाउस संवाददातालाई नियमित पत्रकार सम्मेलनमा सहभागी हुन नदिने, सहभागी भए पनि नियोजित रुपमा बेइज्जती गर्नेजस्ता कार्य गर्दै आइरहेका थिए।

ट्रम्पले पुस्तक बजारमा आएपछि असन्तुष्टि पोख्दै ट्वीटरमा लेखेका छन्, ‘बोल्टनले पुस्तकमा गोप्य दस्तावेजहरु खुलासा गरेर देशलाई क्षति पुर्याएका छन्। यस कार्यका लागि उनले भोलिका दिनमा निकै ठूलो मूल्य चुकाउनुपर्नेछ। यस्तो काम भविष्यमा हुनुहुँदैन।’

उनको पुस्तक बजारमा ल्याउने तयारी भइरहँदा राष्ट्रपतीय कार्यालय तथा जस्टिस डिपार्टमेन्ट दुवैले पुस्तक रोक्न आग्रह गरेका थिए। पुस्तकलाई सिमोन एन्ड सुस्टरले बजारमा ल्याएको हो।

यसअघि प्रकाशकले ह्वाइट हाउस सूत्रलाई पुस्तकमा कहाँ तिनीहरुको आपत्ति हो जनाउन आग्रह गर्दा कुनै प्रतिक्रिया दिएको थिएन। यस पुस्तकको समीक्षा गरिरहेका नेसनल सेक्युरिटी काउन्सिलका अधिकारी माइकल टि. एलिसले अकस्मात गएको साता मात्र किताबको ६ ठाउँमा आपत्तिजनक जानकारी हालिएको र यसले देशको सुरक्षालाई खतरा पु¥याउने बताएका थिए।

एलिसको आपत्तिपछि बोल्टनका वकिलले उनी किताब समीक्षा गर्ने तहमा यसअघि नभएकाले उनको आपत्ति नै आपत्तिजनक रहेको बताएका थिए। पुस्तकमा आपत्तिजनक सूचनाहरु रहेकोमा भने अन्य ६ जना सुरक्षा अधिकारीहरुले न्यायाधीशसमक्ष बताएका थिए।
अदालतले अझै पनि पुस्तकमा राष्ट्रिय सुरक्षाका कुरा राखिएका छन् कि भन्नेबारे गहन अध्ययन गरिरहेको बताएको छ। त्यसैले बोल्टनका तर्फबाट २० लाख डलरको धरौटी जम्मा गर्न लगाएको हो।

अदालतले भनेको छ, ‘यदि बोल्टनले लेखेका कुराहरु राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने अवस्था आएको हो भने उनी कानुनी कार्बाहीको भागिदार हुनेछन् तर होइन भने उनको धरौटी फिर्ता हुनेछ।’

अमेरिकी संविधानले कुनै पनि प्रकारको सूचना प्रकाशनका लागि रोकतोक नगर्ने बताएको छ तर देशको ठूलो ओहदामा काम गरिसकेका र सेक्युरिटी क्लियरेन्सको सुविधा रहेकाहरुको सन्दर्भमा भने यस्ता कुरा लागू नहुने र त्यस्ताको हकमा कुनै गडबडी पाइए रोयल्टी जफत गरिने र नियमसम्मत तरिकाले प्रकाशनका चिजबिज हेरिने चलन छ। साथै, उनीहरूमाथि कानुनी कार्बाहीसमेत हुनेछ। तर ती सबै कुरा पुस्तक बजारमा आइसकेपछि हुने हो, पुस्तक बजारमा नआइ हुनेछैन।

केहीले भने न्यायाधीश लाम्बार्डले सरकारी तर्फबाट केही छानबिन हुन सक्नेतर्फ सकारात्मक देखिएकामा भने आपत्ति जनाएका छन्। कुनै पनि पुस्तक प्रकाशन हुनुअघि नै प्रशासनलाई हेर्न दिनु पनि आपत्तिजनक रहेको केहीको टिप्पणी छ।

 

चाेरीका किताब छ्याप्छ्याप्ती

यसैबीच मार्चमा नै बजारमा ल्याउने तयारी गरिएको यो पुस्तक ल्याउन ढिलाइ भएको र ह्वाइट हाउसले रिभ्यु गर्ने भन्दै ढिलाइ गरेपछि प्रकाशक सुमन एन्ड सुस्टरले अमेजनडटकममा डिजिटल बुक सार्वजनिक गरेकाे थियो। गएकाे एक सातादेखि अमेजनमा नम्बर एकमा रहेकाे यो पुस्तककाे पाइरेटेड संस्करण जतासुकै पाइन थालेपछि यतिबेला सर्वत्र चर्चा हुन थालेको छ। यो पुस्तक पढ्ने भए यहाँ क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस्।

https://dropgalaxy.com/824-learn-about-the-tax-deduction-of-mortgage-insurance-premiums.html

 

Loading...