नेपाली साहित्यको सम्पूर्ण पत्रिका

म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती

लु भयाे
म अब
तपाईँसँग कुनै प्रश्न गर्ने छैन
आँखा चिम्लने छु
र यावत अनुत्तरित प्रश्नहरु
अँध्याराेमा अँध्याराेसँगै
जलाइदिने छु
र म माैन उभिने छु
आफ्नै सपनाकाे वृत्तमा
काेही हुने छैनन्
मेराे वरिपरि
तपाईं भरि
केवल लमतन्न सडक
लाै भयाे अब कुदाउनाेस्
कालाे घाेडा निस्फिक्री
अबाेध छातीहरुमा
म केही बाेल्ने छैन
मात्र चिम्लने छु आँखा
र हराउने छु आफैँबाट टाढा
म अब कुनै प्रतिवाद गर्ने छैन
काेर्नाेस् बतासकाे छातीभरि
काला अक्षरहरु
सारा आकाश तपाईकै हुने छ
उड्नाेस् बाईपंखी घाेडामा
या नाच्नाेस्
आफ्नै पागल सपनाहरुकाे वृत्तमा

म ब्यूँझदा पाे दुख्छ तपाईंकाे छाती
र चिथाेरिन्छन् तपाईंका सपनाहरु

लाै भयाे

निदाइदिने छु
ढुक्कले कुदाउनाेस् अब
तपाईंका घाेडाहरु

म मात्र किन उभिरहूँ
तपाईंका विपक्षी गाेलार्धमा
किन काला प्लेकार्ड लिएर
उभिरहूँ जीवनभर
समयकाे किनारमा
तपाईंले टेक्दा
दुख्दैन अरुकाे छाती भने
म मात्रै किन
दुख्नुकाे पीडामा उभिरहूँ
भयाे, अब म माैन पल्टिने छु
तपाईंका सपनाहरुका घाेषणापत्रहरुमा
कुदाउनाेस् रथहरु कति कुदाउनु हुन्छ
मेराे अबाेध छातीमा
यति भए सायद तपाईंकाे
त्रिलाेकीय सम्राट बन्ने सपना
पूरा हाेला
र हिरण्यकशिपु सपना
अझ लम्बिने हाेला
केही समय
याे अभागी धर्तिकाे एक कुनामा ।

Loading...