नेपाली साहित्यको सम्पूर्ण पत्रिका

‘आमा’ जन्माए पनि पाँच पटकसम्म नोबेल पुरस्कारबाट अस्वीकृत भए

म्याक्सिम गोर्की

नेपालमा म्याक्सिम गोर्की सर्वाधिक पढिएका उपन्यासकारमध्येमा पर्छन्। खासगरी कम्युनिस्ट आन्दोलनहरूको उत्कर्षका बेलामा उनका पुस्तकहरू बिक्रीकाे सूचीमा माथि नै हुन्छ। आखिर किन उनका सिर्जना यति धेरै पढिन्छ त? किनभने उनका कथा र उपन्यासमा नायक सर्वहारा हुन्छन्। यी महान् लेखक पनि त्यही समाज र त्यही माटोमा जन्मिएर उठेकाे हो। त्यसैले पनि उनले आफ्नो वरिपरिकै कथा लेखे र त्यही कुरा पाठकले रूचाए।

त्यसैले त उनी रुसभित्र मात्र होइन, साहित्यका सबैभन्दा चम्किला तारामध्ये एकका रुपमा देशबााहिर पनि चिनिइन्छ। गएकाे विहीबार अर्थात् १८ जुनमा उनकाे ८४ औँ पुण्यतिथिमा धेरैले स्मरण गरे।

रुसको निझ्नी नोभगरद शहरमा जन्मिएका थिए उनी। उनका बुबाको मृत्युपछि बालापन अभाव र गरिबीमा बित्यो। दुई छाक खानका लागि आफन्तकहाँ गए र तिनका तिखा वचन सहेर काम गरे। उनले यताउता हिँडेर, घुमेरै समाज र संसार बुझ्ने प्रयास गरे।

सान्दर्भिक पोस्ट

उसको प्रेमी

तीन प्रश्न

सन् १८९२ मा छापिएको पहिलो कथा ‘मकार चुद्र’मा उनले एम. गोर्की भनी नाम सार्वजनिक गरेका थिए।

अलेक्सेई मक्सिमोविच पेस्कोभबाट गोर्की बन्नेसम्म उनको यात्रा कयौँँ उतारचढावपूर्ण रहे। ‘मेरो बाल्यकाल’, ‘मानिसहरुका बीच’ र ‘मेरा विश्वविद्यालय’ जस्ता औपन्यासिक संस्मरणमा उनले आफ्नो जीवनलाई खुला पानासरी घटनाहरु छरपष्ट पारिदिएका छन्। ‘मेरो बाल्यकाल’मा उनले आफ्नो पिताको मृत्युबाट कथा शुरु गरेका छन्। जसमा आफ्ना पितासँगको सामीप्य र आमासँगको केही डर प्रकट गरेका छन्। ‘… हजूरआमासमेत आमासँग डराउनुहुन्थ्यो। म पनि आमासँग डराउँथेँ, त्यसैले त हजूरआमासँग अपनत्व बढ्यो र आमासँग डर।

गोर्कीको सबैभन्दा यादगार उपन्यास ‘आमा’ नै हो, जसले रुसमा जार शासनकालको अवस्थालाई भलिभाँति दर्शाएका छन्।

रुसी क्रान्तिका नेता भ्लादिमिर लेनिनकी पत्नी नदेज्श्दा कोस्तेन्तिनोभा क्रुप्स्केयाले लेनिनको जीवनमा लेखेकी छन्, ‘गोर्कीको ‘आमा’ उपन्यासलाई लेनिन खुब मन पराउँथे।’ लेनिनकी बहिनी उल्यानोभाले पनि लेनिनले सो उपन्यास यति रुचाउँथे कि पटक–पटक पढिरहेका हुन्थे भनी लेखेकी छन्। स्वयं लेनिनले पनि यस उपन्यासका बारेमा टिप्पणी गरेका छन्।

रुसी क्रान्तिका नेता भ्लादिमिर लेनिनकी पत्नी नदेज्श्दा कोस्तेन्तिनोभा क्रुप्स्केयाले लेनिनको जीवनमा लेखेकी छन्, ‘गोर्कीको ‘आमा’ उपन्यासलाई लेनिन खुब मन पराउँथे।’ लेनिनकी बहिनी उल्यानोभाले पनि लेनिनले सो उपन्यास यति रुचाउँथे कि पटक–पटक पढिरहेका हुन्थे भनी लेखेकी छन्। स्वयं लेनिनले पनि यस उपन्यासका बारेमा टिप्पणी गरेका छन्।

पछि गोर्कीले लेनिनसँग भएको संवादमाथि यसरी लेखेका छन्, ‘लेनिनले बडो स्पष्टतापूर्वक आफ्नो चमकदार आँखा मेरा नजरमाथि टिकाउँदै उपन्यासका कयौँ गल्ती–कमजोरी औँल्याएका छन्। त्यसपछि मलाई लाग्यो, पूरा उपन्यास नपढी त उनले यत्तिका धेरै कमजोरी कसरी निकाले होलान्!’

राजनीतिज्ञदेखि तल्लो तहका जनतासम्मले यसरी ‘आमा’ पढेका थिए। स्वाभावतः यो उनको सर्वोत्कृष्ट रचना नै थियो।

खासगरी गोर्कीलाई यत्ति धेरै किन माया गरिन्छ? किनभने उनले जे लेखे, आफूजस्तै दीनहीनहरुकै कथा लेखे। उनका कथाका पात्रहरु आफू वरिपरिका नै राखे। गोर्की त्यो समाजका पात्र हुन्, जुन समाजका बारेमा उनले लेखे। यो उपन्यास १९०२ मा पहिलो पटक प्रकाशित हुँदा टिप्पणी गर्दै केही आलोचकहरुले भनेका थिए, ‘उपन्यासमा जुन र जस्ता पात्रहरु उभ्याइएका छन्, त्यस्ता पात्रहरु प्रायः समाजमा पाइँदैनन्।’

पछि सोर्मोभोको निझ्नी नोभगरद क्षेत्रमा मजदुर आन्दोलनबाट प्रभावित भएको यो कथाका पात्रहरु वास्तविक जीवनबाट नै उठाएको प्रमाणित भएको थियो। आमा निलोभ्ना र उसको छोरो पावेलको चरित्र गोर्कीकै टाढाकी एक नातेदार महिला एना किरिलोभ्ना जलोमोभा र उसको एक मात्र छोरो प्योतोर जलोभोभबाट प्रभावित भएको पछि खुलासा भएको थियो।

गोर्कीले यस उपन्यासमा त्यस अवश्यंभावी टकरावलाई देखाएका छन्, जुन सर्वहारा र बुर्जुवा वर्गका बीच भएको थियो। जानकार त केसम्म भन्छन् भने उपन्यासमा देखाइएको समय त्यही हो, जब रुसमा क्रान्ति हुन लागेको थियो तर केही विश्लेषक भन्छन्, ‘आमा उपन्यासमा रुसको क्रान्तिको तयारी देखिन्छ, त्यस समयको घटना देखाउँदैन। अर्थात्, क्रान्तिभन्दा केही वर्ष पहिलेको घटनालाई उपन्यासले आफ्नो भावभूमि बनाएको छ।’

आश्चर्यको कुरा के छ भने कुनै उपन्यासलाई रुसी क्रान्तिको जनक मानिन्छ भने त्यो चाहिँ अप्टन सिन्क्लेयरको ‘जङ्गल’लाई मानिन्छ। यो सन् १९०६ मा प्रकाशित भएको थियो। तर यही अवधिमा प्रकाशित ‘आमा’लाई भने त्यो तहमा पश्चिमा समीक्षकहरुले कहिल्यै पनि राखेनन्।

कुरा जे सुकै भए पनि गोर्कीजस्ता लेखकहरुले नै आउँदो क्रान्तिको आवाज सुनेका थिए। तर आश्चर्यको कुरा के छ भने कुनै उपन्यासलाई रुसी क्रान्तिको जनक मानिन्छ भने त्यो चाहिँ अप्टन सिन्क्लेयरको ‘जङ्गल’लाई मानिन्छ। यो सन् १९०६ मा प्रकाशित भएको थियो। तर यही अवधिमा प्रकाशित ‘आमा’लाई भने त्यो तहमा पश्चिमा समीक्षकहरुले कहिल्यै पनि राखेनन्। रुसी समाजको दमदार संघर्षको कथा कहने ‘आमा’लाई जहिल्यै पश्चिमाहरुले किनारीकृत गरिरहे। जंगलले अमेरिकी पुँजीवाद र सर्वहाराको टकरावका बारेमा विस्तारपूर्वक कहेको छ।

उसो भए पश्चिमा संसारले रुसी क्रान्तिको श्रेय अमेरिकी लेखकहरुलाई दिएर रुसी लेखकहरुका साथ अन्याय गरेकै हो त? पक्का पक्का यसबो भन्न नसकिए पनि एउटा कुरा त पक्का हो– गोर्कीलाई पाँच पाँच पटक नोबेल साहित्य पुरस्कार दिने प्रयत्न गरिए पनि उनको भागमा यो पुरस्कार पर्न सकेन। रोचक त के छ भने, रुसबाट भागेर अमेरिका पुगेका अलेक्जेन्डर जोलजेनितसिनलाई यो सम्मान दिइयो।

अलेक्जेन्डर र गोर्की दुवैले जेलजीवन भोगेका थिए। गोर्कीले जार शासनविरोधी कविता लेखेको अपराधमा जेल हालिएको थियो भने अलेक्जेन्डरलाई स्टालिनले जेल हालेका थिए।

कम्युनिस्ट विचारधारामा अटल भएका कारणले नै पश्चिमाहरुले गोर्कीमाथि पहिलेदेखि नै अन्याय गरिरहेकै थिए। १९०६ मा जेलबाट निस्किएपछि गोर्की र उनका साथी सोसल डेमोक्र्याटिक पार्टीका लागि चन्द संकलन गर्न र आफ्नो पक्षमा माहोल बनाउन अमेरिका थिएका थिए। शुरुमा त उनीहरुलाई निकै सम्मान गरिएको थियो तर पछि अमेरिकी समाजले भाउ दिन छाड्यो। कतिसम्म भने उनलाई त पछि होटलबाटै निकालियो। गोर्कीले त्यो अपमानलाई कहिल्यै बिर्सिएनन्।

स्टालिनले गोर्कीमाथि भने बडो नरम व्यवहार गरे। इटालीमा निर्वासित जीवन बिताइरहेका बेला उनलाई ससम्मान रुस फिर्ता मात्र बोलाएनन्, उनलाई राष्ट्रकविका रुपमा मान्यतासमेत दिए।

गोर्कीलाई पछि अर्डर अफ द लेनिनजस्तो उच्च सम्मान पनि दिए र उनको जन्मस्थानको नाम परिवर्तन गर्दै ‘गोर्की’ राखियो।

स्टालिनका आलोचकको धारणा के थियो भने गोर्कीजस्ता चर्चित लेखकलाई सम्मान गरेर उनी विश्वलाई साम्यवादको नयाँ अनुहार देखाउन चाहन्थे। गोर्कीले रुस फर्कने निमन्त्रणा स्वीकार मात्र गरेनन्, कयौँ पटक उनले स्टालिनको गुणगान गाएर आलेखहरु पनि लेखे।

गोर्कीको मृत्युका बारेमा धेरैले अझै पनि शंका व्यक्त गर्छन्। केहीको धारणा छ, स्टालिनले आफ्ना विरोधीहरुलाई सफाया गर्ने गोप्य अभियान ‘द ग्रेट पर्ज’ भन्दा पहिले नै हत्या गरेका हुन्।

.

गोर्की त्यस्तो गर्ने व्यक्ति थिएनन् तर किन गरे, अझै पनि विश्लेषकहरु खोजिरहेका छन् किनभने रुसी क्रान्ति सकिएपछि केही वर्षको अन्तरालमै उनी लेनिनको कट्टर आलोचक बनेका थिए।

गोर्कीको मृत्युका बारेमा धेरैले अझै पनि शंका व्यक्त गर्छन्। केहीको धारणा छ, स्टालिनले आफ्ना विरोधीहरुलाई सफाया गर्ने गोप्य अभियान ‘द ग्रेट पर्ज’ भन्दा पहिले नै हत्या गरेका हुन्।

गोर्कीका अधिकांश रचनामा सर्वहारा नै नायक छन्। उनको कथा ‘छब्बिस पुरुष र एक युवती’मा त मानिसको निकृष्ट व्यवहारको हद देखाइदिएका छन्। जसमा २६ जना पुरुष एउटै युवतीलाई प्रेम गर्छन् तर ती साथीमध्ये एकले ती युवतीलाई फकाउन सफल हुन्छ। सफल नहुने मजदुरहरुले आफ्ना सबै किसिमको भावना केटीलाई गाली र तिरस्कारबाट निकाल्छन्।

उनले त्यस कथामा लेखेका छन्, ‘प्रेम पनि घृणाभन्दा कम सताउने कुरा चाहिँ होइन। शायद त्यसैले त चतुर मानिसका लागि प्रेमभन्दा घृणा बरु प्रशंसनीय कुरा हो भन्ने मान्छन्।’

एक अर्को ठाउँमा उनी लेख्छन्, ‘केही मानिस यस्ता हुन्छन्, जो जीवनमा सर्वोत्तम र उच्चतमलाई आत्मा या शरीरको एक प्रकारको रोगका रुपमा लिन्छन् र त्यसैलाई साथमा राखेर आफ्नो सारा जीवन व्यतीत गर्छन्।’

केही आलोचकहरु गोर्कीको जीवन र लेखनमा विरोधाभाष मात्र देख्दैनन्, एक किसिमको ‘क्लिसे’ नै पाउँछन्। गोर्कीका साहित्यका आलोचक आर्मिन निगी भन्छन्, ‘उनी दोस्तोवयस्कीजस्तै शास्त्रीय लेखक थिएनन् तर विश्व साहित्यका पुरोधा भने उनलाई मान्न सकिन्छ। भारतीय लेखक प्रेमचन्द त गोर्कीका सबैभन्दा ठूला प्रशंसक थिए। गोर्कीको मृत्युका बारेमा सुनेपछि उनले भनेका थिए रे, ‘जब घरघरमा शिक्षाको प्रचार हुन्छ, मान्छेले अक्षर खुट्याउन थाल्छन्, त्यो बेला गोर्कीलाई चारैतिर पूजा गरिनेछ।’

तर प्रेमचन्दले भनेजस्तो हुन सकेन किनभने जुन आदर्श समाजवादको परिकल्पना गोर्कीले गरेका थिए, त्यसको क्रूरतम रुप अर्थात् साम्यवादले संसारलाई नै हल्लाइदियो। परिणाम, उनका पात्रको संघर्ष मात्र रुचाइयो, उनलाई भने बिर्सिइयो।

समयक्रममा साम्यवाद, समाजवाद र कम्युनिस्टजस्ता शब्द यति च्यूत भए कि उम्दा सिर्जनाका रुपमा कुनै समय पूजा गरिने गोर्कीका रचनाहरुमध्ये धेरै चाहिँ समयकै गर्तमा लुक्न पुगे।

Loading...