नेपाली साहित्यको सम्पूर्ण पत्रिका

लेखक सपना होइन; लेखन अनुभूति हो

रूपक अधिकारी 
यदि लेखक बन्छु भन्ने सपना देख्नुभएको छ भने, आजैबाट त्यागिदिनुस । लेखक सपना हैन । लेखन अनुभूति हो । तपाईं सपना अरू केही देख्नूस् र अनुभूति केही भए, शब्दसँग खेल्न सक्नुहुन्छ भने लेख्नुस | लेख्न कहिल्यै नछोड्नूस । 

यदि लेखक बन्छु भन्ने सपना देख्नुभएको छ भने, आजैबाट त्यागिदिनुस । लेखक सपना हैन । लेखन अनुभूति हो । तपाईं सपना अरू केही देख्नूस् र अनुभूति केही भए, शब्दसँग खेल्न सक्नुहुन्छ भने लेख्नुस | लेख्न कहिल्यै नछोड्नूस ।

लेख्छु नै भनेर लाग्नुभयो भने धेरै कुरा गुमाउनुपर्ने हुन्छ ।

हरेक चुनौती सामना गर्न तयार छु । परेको खण्डमा सबै नातागोता पनि भुल्न तयार छु भन्ने ग्यारेन्टी गर्न सक्नुहुन्छ भने मात्र लेखक नै बन्छु भनेर लाग्नूस् ।

केही समय पहिला दक्षिण भारतमा एउटा चलचित्र बन्यो, जसको नाम World famous lover थियो । world famous lover भन्ने बेस्ट सेलर किताब र लेखकको कथा पस्कने प्रयासमा चलचित्र बनेको छ । वास्तवमा त्यहाँ मैले भन्ने जस्तै देखाइएको छ । लेखक बन्ने होडमा उसले धेरै कुरा गुमाउँछ । त्यसको लागि ऊ तयार पनि देखिन्छ । त्यहाँ धेरै कुरा देखाए पनि चलचित्रकरणले अन्त्य अलि फितलो महसुस भयो ।

म पनि लेख्छु । मैले पनि धेरै कुरा गुमाएको छु, र मैले त्यो अन्त्य कल्पना पनि गरें । हामी अक्सर फिलिममा र कथामा सुखद अन्त्य खोज्छौं । अन्त्य सुखद कसरी हुन सक्छ र ! भन्ने मेरो बुझाइ हो । मलाई कथा बग्दै एउटा मोडमा पुर्याएर मिलनको पाटोमा ल्याएको खासै निको लाग्दैन, तर यसो भनिरहँदा हरेक कथा मैले सोचेको जस्तै हुनुपर्छ भन्ने पनि छैन । कुनै कथा यस्ता हुन्छन् कि नफर्काउँदा जित हुन्छ, तर अहँ, हामीलाई त चाहिएको छ कि पाठक वा दर्शकले भनिदिऊन | धन्न उनीहरूको भेट भयो । क्या गजब यार !!

चलचित्र हेर्दै गर्दा अब यस्तो हुनेछ, तर नभैदियोस् भनेर प्रार्थना गरें | अहँ, भएन | किनकि लेखकले पहिले नै लेखिसकेर तयार भएको कुरा हो, मैले सोचेर बदलिनेवाला थिएन । खैर जेहोस्, लेखकको कथा बोल्ने क्रममा भने कुनै कन्जुस्याइँ भेटिन्न । यो हरेक लेखक र पाठकले एकपटक हेर्नै पर्ने फिलिम जस्तो लाग्छ ।

यो फिलिम हेरिसकेपछि तपाईंले आफूमा भएको जुनुनलाई उजागर गर्न सक्नुहुनेछ । यो कुरा याद रहोस्, लेखक पेशा हैन, तर तपाईंको जुनुन सही छ भने भविस्य उज्वल छ । नेपालमा पठन संस्कृति बिकास भैरहेको छ | यही समयमा केही फरक लेख्नुभयो भने उदाहरण बन्न केही समय नै लाग्दैन ।

मेरो एउटा सानो कथा, सानो उमेरमा सुरु भैसकेको थियो । त्योबेला मैले के लेखें, र आज आएर के लेख्दैछु, तुलना गर्दै जाने हो भने समानता र भिन्नता बाराबरी भेटिन्छ । सुरुवातमा लेख्ने सपना देखेको मैले करिब दर्जन कथाहरू अपूरा गरेर छोडेको छु ।

एकदिन आफैँलाई प्रश्न गरें, कसको लागि लेख्दैछस् ? आँखा चिम गरें । लामो सास फेरें । कसैले आएर मेरो कानमा भनेझैं लाग्यो, “अरे कल्पनाको काखमा डुबेर सृजनाका औंला चलाउँदा दुनियाँको फिकर गर्छस् ? तैंले के लेख्छ्स ?”, त्यसपछि लेखक बन्ने उदाहरण खोज्दै हिँडे । त्यसबेला थाहा भयो शैली सिक्न सकिन्छ, कथा भन्नु आफैंले पर्छ । अन्तर्मनबाट जस्तो आउँछ त्यस्तै पोख्न सक्नुपर्छ ।

लेखक आखिर को हो त ? लेखक सबैभन्दा गहन अध्ययन गर्ने पाठक हो । जबसम्म पाठक बन्न सकिन्न, तबसम्म लेखक बन्न सकिन्न । लेखक हुनलाई पीडाको हद पार गरेको हुनुपर्ने, सर्वस्व गुमाएको हुनुपर्ने भन्ने छैन, तर जब लाग्नुहुन्छ हदको पनि हद पार गर्नुपर्छ । त्यो सामर्थ्य राख्न सक्ने पाठक नै भोलिको सफल लेखक हो ।

लेखकले व्याकरण हेर्दैन । भावना पोख्छ । भात खाने कुरा होस्, भोजन लिने कुरा होस् वा भुजा ग्रहण गर्ने कुरा । आखिर सबैले पेट भर्ने कुरालाई जनाउँछ । यस्तै हो लेखन पनि | अन्दाज फरक पर्छ । तपाईंले लेखेको कुरा कोही एक व्यक्तिले मात्र पनि मन पराउँछ भने सम्झनूस् तपाईं लेखक हो । तर यति भन्दैमा सबै कुरा बिर्सिएर लेखक बन्छु, म पनि सेलिब्रेटी भएँ भन्ने भ्रममा फस्नुभयो भने जिन्दगी आख्यानजस्तै बगिरहन्छ | र तपाईंले चाहेर पनि रोक्न सक्नुहुन्न । तर जब अन्तर्मनको आवाज कलमले टोपल्नुहुन्छ, र के लेखें ? कसका लागि लेखें ? कसैले गाली गरेकी ? कति ताली पाएँ ? आदि कुराहरू मतलब नगरी लेखिरहनुहुन्छ भने एकदिन तपाईं वाल्मीकी बन्नु हुनेछ ।

लेखनले सफलता दिन्छ, तर सफलता कमाउने दाउमा लेख्न बस्नुभयो भने आफैं अँध्यारोमा फस्नुहुनेछ ।

अन्त्यमा फेरि याद दिलाउन चाहें, सपना नबनाउनूस् र लेख्न नछोड्नुहोस् ।

 

Loading...