नेपाली साहित्यको सम्पूर्ण पत्रिका

हामीले लेख्दैगरेको साहित्यः कति सिर्जना कति व्यवस्थापन?

“साहित्य” को खोलमा हामी जुन कुरा बजारमा पठाउँछौँ, त्यसमा दुईमा एक कुरा गरिएको हुन्छः १. सिर्जना २. व्यवस्थापन ।

“सिर्जना”, अर्थात् सृष्टि । अर्थात् जन्म दिनु । “सिर्जना” गर्ने स्रस्टाले केही नयाँ कुरा जन्माएको हुन्छ । त्यो बासी हुँदैन । नयाँ हुन्छ । मौलिक हुन्छ । मौलिक कथ्य, अथवा तर्क, अथवा सूक्ति । अथवा, पुरानै कुरा भए पनि नयाँ र मौलिक संयोजनका साथ नयाँ अर्थमा प्रस्तुत गरेको हुन्छ । यो साहित्यको सञ्जीवनी हो । यो साधकले गर्न सक्छ । सर्जकले दुइटै भए पनि यस्ता हरफ दिन्छ, जो जीवनपर्यन्त झनझन झनझन गरिरहन्छ पाठक वा श्रोताको मनमस्तिष्कमा । सुन्यो भने कि हृदयभेदन गरिदिन्छ, कि मस्तिष्कभेदन । बाँचिरहन्छ । यस्ता सिर्जनालाई लोकप्रिय हुनबाट कसैले रोक्न सक्दैन । तत्कालै नहोला, तर दिन आउँछ । आएपछि, त्यो दिन, कहिल्यै पनि हराउँदैन । अनुवाद गर्न सकियो भने विश्वमा पनि जान्छ । जतिपल्ट पढे पनि उही शक्ति, उही तरङ्ग दिइरहन्छ ।

“व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । सुन्दा वा पढ्दा छुन्छ पनि तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा ।

“व्यवस्थापान”, अर्थात् थुपै कुराको चातुर्यपूर्ण ढाकछोप । यसमा न कुरा नयाँ हुन्छ, न केही सिर्जना हुन्छ । पुराना कुरालाई नयाँ लुगा लाइदिने काम हुन्छ । नयाँ कार्यपीठिका, नयाँ शब्द जाल, छन्द वा अनुप्रासको नूतन जाल, नयाँ पात्र र परिवेशको रचना, आदि । सुन्दा वा पढ्दा छुन्छ पनि । रोमाञ्च पनि आउँछ । आँसु पनि आइहाल्छन्, अथवा “वाह” पनि निस्कन्छ । तर आवरण वा उपकरण फ्याँक्दै जाने हो भने, पुरानो कुनै कुराको अवशेष भेटिन्छ त्यसको गर्तमा । अखबारले बोकिल्याएको कुराको व्यवस्थापन, मान्छेको पुरानो नैसर्गिक भोक वा स्वभावको व्यवस्थापना, आमा वा बाको महिमा गान, देशको महिमा गान, प्रकृतिचित्रण, दुस्मन काटिदिने अभिव्यक्ति, प्रेम, विछोड वा यौनका कुरा, ईश्वर भक्ति वा निन्दा….कति कति । कतिपय भाव यस्ता हुन्छन्, जसलाई जसले जतिपल्ट भने पनि पिलिक्क आँसु आउँछन्, दिल छुन्छ, नाको टुप्पोमा कम्पन आउँछ । अनि हामी रोइदिन्छाैँ ।

व्यवस्थापकहरू के गर्छन्? कुरो पुरानो, अथवा सबैले भन्दै ल्याएको कुरा हुन्छ । नयाँ भाषिक संयोजनमा, नयाँ उपकरणका साथ, नयाँ संयोजन, नयाँ छन्द, नयाँ सुर वा लयमा आउँछन् । लठ्ठ पार्छन् । तर पनि कुरो कता हो सुने सुनेजस्तो । आफँैले पो भने भनेजस्तो । यसको पो हो कि, उसको पो हो कि जस्तो । । तर, यी सिर्जना होइनन्, “व्यवस्थापन” हुन् । यस्तो चीज कविको अनुहारको छापसहित बस्दैन दिमागमा । आँसु, ताली र वाहवाहीपछि, केही समयमै उक्किएर जान्छ, पर्खालमा लेखिएको चुनावी नाराजस्तो, जसको चुनावपछि कुनै अर्थ हुँदैन, अथवा एउटा प्रहसन जस्तो लाग्छ । तर यी विषयमा “सिर्जना” गर्न सकिँदैन भनेको होइन । सकिन्छ ।

आफ्नो बाटो तय गरेर एउटा मुकाम हासिल गरिसकेको स्रास्टाको हकमा यी दृष्टान्तको खास महत्त्व नहोला, तर नयाँ पुस्तका, उदयीमान र नवप्रवेशीका लागि यो विषय चिन्तनको एउटा खुराक हुन सक्छ । मलाई थाह छ, युवाहरूमा एउटा भर्भराउँदो पुस्ता आइरहेको छ र लोकप्रियताको बुलन्दी पनि छोइरहेको छ । तर, यो टिकाउ हुनु पनि उत्तिकै जरुरी । यस्ता नेपाली युवा कवितहरूले, हिजोसम्म कविताबाट भाग्नेहरूलाई कवितातिर तानेको सत्य हो । कवि र कविताको लोकप्रियता बढाएको सत्य हो । तर त्यो नै अन्तिम विन्दु होइन । यहाँ सिर्जना कम र व्यवस्थापन बढी भएको हुन सक्छ । त्यस लोकप्रियतामा टेकेर कविताको उत्कर्ष खोज्न उनीहरूले पनि बाँकी छ । सिर्जनातिर उक्लन गर्नुपर्ने साधना बाँकी छ ।
सामाजिक सञ्जालमा, अधिकांश अवस्थामा युवा र नवप्रवेशीको वाहुल्य हुन्छ । तर त्यस उमेरमा, साधनाको तहसम्म उक्लिएर निर्मित सूक्तिमय कविताको परख गर्ने सामथ्र्य वा सुझबुझ नहुन पनि सक्छ । त्यसैले, भाइरल कविताहरू, धेरैजसो अवस्थामा “वाहवाही इफेक्ट” का कारण फैलिएका हुन पनि सक्छन् ।

व्यवस्थापकहरू मनमस्तिष्क वा हृदयमा कम, तर ओठ, अखबार अथवा सञ्जालमा बढी बस्छन् । नेपालमा पनि र बाहिर पनि, साँच्चैका कवि मनहरूमा बस्छन् । फगत सामाजिक सञ्जाल तिनको लोकप्रियता मापन गर्ने कसी भने होइन । यस्ता भव्य कवि रिजर्भ पनि होइदिन्छन् । पाठ्यक्रममा आइदिँदा, अथवा कुनै ठूलो पुरस्कार पाइदिँदा, केहीलाई भने शुभचिन्तकहरूले सञ्जालमा ल्याइदिन्छन् । कति भने नेपथ्यमै बस्छन् । नोबेलै पाए पनि टमस ट्रान्ट्रमर र सिमस हिनीका कविता यसरी भाइरह कहाँ छन् र? अर्को कुरो, कतिपय कविहरू अघोषित सम्प्रदाय बनाउँछन्, जसले भाइरल बनाउने कार्य गर्छ । जस्तो वादका, जातका, विचारका सम्प्रदाय । बुझौँ, तिनको लोकप्रियता कोटरीभित्रै सीमित हुन्छ ।

कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ ।

कविता कवि हुन लेख्ने होइन । लोकप्रिय हुन पनि लेख्ने होइन । जीवन र जगतप्रतिको आफ्नो एउटा वैकल्पित दृष्टि स्थापित गर्न लेख्ने हो । त्यो दृष्टिको अभावमा कवि छायाहरूको पछि लाग्छ । कवितको वैकल्पित वा निजी दृष्टि बलियो छ भने हरेक कवितामा सूक्ति बनेर आइदिन्छ । छैन भने शब्दहरूको वीभत्स हत्या भइरहन्छ ।

Loading...