साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बाछिटा प्रकाशनमाला-३२

बाछिटा प्रकाशनमाला-३२

बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

    बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

               बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ। 

       बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ?  प्रतीक के हो ?  वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ?  लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ?  भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

  बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको   “बाछिटा प्रकाशनमाला-३२”मा ओम आचार्य, बाबुकाजी सुवाल, विवेक दुवाल क्षेत्री र ज्ञानबहादुरक्षेत्री र अनिल कुमार कँडेलका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्यसर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो

 

ओम आचार्य

१. ओम आचार्य

ममता

शीतलमन

क्षमता

 

नयन

सुरम्य रूप

चयन

 

प्रारब्ध

करिमकान्ति

सम्बन्ध

 

चालक

स्रष्टा सृष्टिका

पालक

 

प्रतीक्षा

साथ वसन्त

सदीक्षा

 

प्रकृति

अनेक राग

आकृति

 

सहारा

भिरको बङ्गो

लहरा

 

पहरा

मनमा चाह

छहरा

 

सङ्गीत

झर्नाको स्वर

अङ्कित

 

सहिद

सत्यमा प्राण

अर्पित

 

पानीको

तरलपन

बानीको

 

स्वरूप

सुन्दर मन

बिरूप

•~<>~•

बाबुकाजी सुवाल

 

२.बाबुकाजी सुवाल

सहर

दूषित वायु

जहर

 

झिरको

धारिलोपन

पिरको

 

रछ्यान

सरह दु:खी

ओछ्यान

 

रिसको

आगो अगेनो

विषको

 

जलन

इखको कालो

चलन

 

मरण

पञ्चतत्वको

शरण

 

बासना

अभुक्त भुक्ति

सासना

 

शासन

फूलमा काँडा

आसन

 

मानव

कलुष कर्म

दानव

 

अपार

आशको भारी

ढाकर

 

बसाईँ

विदेशी दु:ख

कसाई

 

कमलो

मन पिरले

अमिलो

•~<>~•

विवेक दुलाल क्षेत्री

३. विवेक दुलाल क्षेत्री

व्यथित

फूल काँडामा

पीडित

बाछिटा

प्रतीक बिम्ब

कविता

अतीत

सम्झनाजाल

भ्रमित

निकृष्ट

कर्ममा सभ्य

आकृष्ट

उडान

चिन्तन चुली

उत्थान

विधाता

विधिविधान

व्याख्याता

पिरती

जीवन चल्ने

ओखति

सघन

सौन्दर्य सग्लो

यौवन

अरबी

धनको मोह

खराबी

छेपारो

सत्तालिप्सामा

चेपारो

उकालो

जीवन गति

भिरालो

हतास

वायुको वेग

अत्यास

•~<>~•

ज्ञान बहादुर क्षत्री

४.ज्ञान बहादुर क्षत्री

शोषण

बर्खे जुकाको

पोषण

पहिरो

चोट मनमा

गहिरो

शङ्काको

आगो उत्पात

लङ्काको

धार्मिक

हिंस्रकपन

मार्मिक

तर्पण

अण्डा र रक्सी

अर्पण

आयुको

गति अटुट

वायुको

दमन

बलमिताइ

चलन

बादल

नभपरीको

आँचल

कलह

उज्यालो प्रेम

विग्रह

सालिन्दा

आउने चाड

कारिन्दा

शिक्षक

शैल सभ्यता

रक्षक

बैंसालु

बागमा फूल

हर्षालु

•~<>~•

 ५.अनिल कुमार कँडेल

अनिल कुमार कँडेल

वसन्त

प्रणय छटा

जीवन्त

चिन्तन

लक्ष्यसाग

मन्थन

रमण

यौवन बाग

भ्रमण

उष्णता

कर्मण्य चेत

तीक्ष्णता

पौरख

श्रमको चुली

गौरव

सनक

सत्तामा स्याल

रौनक

 

लेखक परिचय
अत
अमर त्यागी
प्रतिक्रिया
Loading...