लाशसित सेल्फी
हिमालसित
अब रुनलाई आँसु बाँकी छैन
अब त्यो
कालापत्थर भइसकेको छ ।
नदी सुकिसक्यो
पहाड चर्किसक्यो
खेतमा धाँजा फाटिसक्यो
गाउँहरु जर्जर छन् ।
मन
मेरै मात्र कमोलो भएको हो कि
त्यसैले
फुट्न खोज्दै छ ।
खै, कसलाई के भनूँ
मेरै लाशमाथि
फूल चढाउँदै ऊ
हाँसी हाँसी
खिँच्दै छ सेल्फी ।
अनुवादः आर. मानन्धर
कवि परिचयः
नारद वज्राचार्य लामो समयदेखि लेखन कर्ममा लागिरहेका व्यक्तित्व हुन् । उनका कथा, कविता, संस्मरण, लेख आदि निरन्तर प्रकाशित भइरहेका छन् । दुई पुस्तकका लेख उनले साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । उनी नेपालभाषा एकेडेमीद्वारा प्रदान गरिने ‘दान्यहीरा सिरपाः’ पुरस्कारबाट सम्मानित लेखक हुन् ।
मूल नेपालभाषा
थायवु आर्दवार्षिक पूर्णाङ्कः १७
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला