साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

गजल

Chovar Blues Mobile Size
उदय ओझा

म आगो हुँदा तिमी पानी बन्नुपर्छ
मुना मदन अर्को कहानी बन्नुपर्छ ।।

प्रेमिका त सबैको हुन्छन् नै यहाँ
तिमी मात्र मेरो जीवनको रानी बन्नुपर्छ ।।

छुट्टै एउटा संसार बनाएर जिउन
तिमी घाम म बिहानी हुनुपर्छ ।।

माया त सबैले गर्छु भन्छन् यहाँ
तिमी मात्र मसङ्ग आर्यघाट जानी हुनुपर्छ ।।

म राजी छु तिमीलाई भित्र्याउन
बस् तिम्रो काख मेरो सिरानी हुनुपर्छ।।

प्रतिक्रिया
Loading...