प्रदिप गिरि को हुन् ? यो प्रश्नको प्राय: मानिसहरुले दिने जवाफ हुन सक्छ – प्रदिप गिरि नेपाली कांग्रेस पार्टीका एक नेता हुन् । तर प्रदिप गिरिको परिचय त्यतिमा मात्रै सिमित भने छैन । प्रदिप गिरि राजनीतिक वृतमा पनि आफ्नो व्यक्तित्व र बौद्धिकताका लागि परिचित नाम हो । उनका बहस पैरवीहरु पनि बेला बेला सामाजिक सञ्जालमा छाउने गर्छन् । उनै प्रदिप गिरि पुर्विय दर्शनका जानकार मध्येका हुन् ।

नेपाल लिटरेचर फेस्टिबलमा आयोजकहरुले प्रदिप गिरिसँग एउटा सत्रको आयोजना गरेका थिए । जसमा प्रदिप गिरिले महाभारतका बारेमा बोल्नु पर्ने थियो । यहाँ हामीले राखेका भिडियो सोही सत्रको भिडियो हो । यो भिडियो हामीले नेपाल लिटरेचर फेस्टिबलको युट्युब च्यानलबाट साभार गरेका छौँ ।