हामीले साहित्य पोस्ट इतर छरिएका तर नेपाली साहित्यप्रेमीहरुले थाहा पाउँनु पर्ने सामग्रीहरु पनि पस्किने गरेका छौँ । त्यहि अनुरुप हामीले यहाँ त्यस्तै एउटा भिडियो सामग्री पस्केका छौँ ।

यो भिडियो हामीले नेपाल लिटरेचन फेस्टिबलको युट्युब च्यानलबाट लिएका हौँ । यो भिडियोमा तपाईले नेपालमा भएका काव्यिक आन्दोलनका बारेमा थाहा पाउँनु हुनेछ । छलफललाई सहजिकरण गर्नु भएको अक्षरकाकाले भने छलफलका लागि हुनुहुन्छ, प्रणेता तिर्थ श्रेष्ट त्यस्तै ज्योती जंगल र मणि काफ्ले ।

तिर्थ श्रेष्ट नेपाली साहित्यमा परिचित नाम हो । पोखरेली श्रष्टा श्रेष्टलाई नेपालमा तरलवादका प्रणेता मानिन्छ । त्यस्तै ज्योती जंगल र मणि काफ्ले पनि सुनिएको नाम हो । उहाँ तिन जनाले नेपाली काव्यिक आन्दोलन तथा तरलवादका बारेमा छलफल, बहस तथा विमर्श गर्नु हुनेछ ।