१९७९ साल असार २५ गते पिता ऋद्धिबहादुर मल्ल र माता आनन्दकुमारी मल्लका जीवितमध्येबाट जेठा छोराका रूपमा ओमबहाल दफ्तर, काठमाडौंमा जन्मिएका गोठालेको वास्तविक नाम जयबहादुर मल्ल हो तर उनी आधुनिक नेपाली साहित्यमा गोविन्दबहादुर मल्ल गोठालेका नामबाट सुपरिचित छन् । तत्कालीन राजनैतिक परिस्थितिका कारण प्रारम्भ तिर यिनले गोठाले उपनामबाट साहित्य सिर्जना गर्न थालेको बुझिन्छ र पछि यिनी यसै नामबाट नेपाली साहित्यमा परिचित हुन पुगेको देखिन्छ ।
गोविन्दबहादुर मल्ल गोठालेले विशेष गरेर नाटक/एकाङ्कीमा कलम चलाएका छन् । त्यसका अतिरिक्त आख्यान (कथा र उपन्यास) विधामा पनि उनले धेरै कृतिहरु रचना गरेका थिए । नेपाली साहित्यमा खासगरी मनोविश्लेषणात्मक धाराभित्र केन्द्रित रही गद्य साहित्यको सिर्जना गर्ने गोठाले नेपालीका वरिष्ठ नाटक/एकाङ्कीकार, उपन्यासकार र कथाकार हुन् ।
लेखनमा मात्र नभएर उनले साहित्य पत्रकारितामा पनि उनको योगदान उल्लेख छ । आफ्ना बाबुको सम्पादनमा प्रकाशित साहित्यिक पत्रिका शारदाको केही समय सम्पादन गरेका गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए । यिनले जोरगणेश प्रेस प्रा.लि.को सञ्चालक समितिका सदस्यका रूपमा पनि कार्य गरेको देखिन्छ । यस्तै, गोठालेले अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । नेपाली साहित्यको श्रीवृदिमा साहित्यकार गोविन्दबहादुर मल्लको भुमिका उल्लेखनिय छ ।
२०६७ सालमा निधन भएका गोठालेको यो अन्तर्वाता त्यसको केहि अगाडी रेकर्ड भएको देखिन्छ । अन्तर्वार्तामा गोठालेले आफ्नो बाल्यकाल, पारिवारिक पृष्ठभुमी र लेखनका बारेमा बताएका छन् ।
पहिलो भाग
दोस्रो भाग
तेस्रो भाग
चौथो भाग



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

