कविता स्वयं सोच हो

१. कविता नै कविको सोच हो । वक्तव्य हो । भाषण हो । अनुभव हो । अनभूति हो । उसको दावी विरोध त्यही हो।

२. सबै अनुभव अनुभूति समवेदना खुसीलाई व्यक्त गर्ने भाषा सबैसंग पर्याप्त हुँदैन । त्यसैले त युगौंदेखि एउटै विषयलाई हजारौंले कविता लेखिसक्दा पनि त्यो पुरानो भएन । कति नयाँ, कति सम्प्रेषणीय बनाउने हो त्यो कविकै खुबीमा भर पर्ने कुरा हो।

३. कविता (साहित्य) मानवताकाको लागि हुनुपर्छ । यो आदिम आदर्श मेरो पनि अभिष्ट हो ।

४, फूलको सौन्दर्य । पीडाको आँसु । यी अनुभव मात्न गर्ने सकिन्छ । यो अनुभवलाई भाषामा ढाल्ने सामथ्य मेरो लक्ष हो । मेरा कविताहरू त्यही प्रयासको भवनका ईट्टाहरू हुन्‌ ।

५. गतवर्ष मैले नेपाली स्वास्नीमान्छेहरूलाई विषय बनाएर १० वटा कविता लेखें । श्रृङ्खलाबद्ध । “मृतजीवी’ त्यही मध्येको एक कविता हो।

गोविन्द गिरी प्रेरणा

६, अँ, कविता सबभन्दा पहिला “कविता’ नै हुनुपर्छ ।

मृतजीवी

गणेशको घरमा रतेली खेलेर
भर्खरै फर्ककी छ गौरी
आफ्नो घरधन्दा भ्याउन हतार हतार
यो हतार हतारमा पनि
आफ्नो बिहेको दिनको याद
आँखामा पर्दा बनेर छेक्न आइपुग्छ हतार हतार ।

कहाँ होला उसको खसम
होला कहाँ खटिएको
कुन सिमानामा राइफल र मेसिनगन समातेर
उभिएको होला ‘एटेन्सन पोजिसन’मा
गौरीलाई क्यै थाहा छैन
उसलाई त खसमको
अनुहार पनि त कहाँ याद छ र !
पल्टनको कसम खाँदाको दिनको सामूहिक फोटोमा
कहिलेकाहां खोज्छे
आफ्नो खसमको अनुहार
तर उसलाई त उस्तै लाग्छन्‌ सबै अनुहार
अनि त त्यसै त्यसै अल्मलिन्छे
स्पष्ट नभेटेर आफ्नो खसमको अनुहार

गणेश पनि कसम खाएर फर्केको हो
गंगाको सिउँदो रङगाउन
र फर्कन फेरि हतार हतार ।
गंगा पनि गौरी बन्छे
जब गणेश पनि फर्कन्छ पल्टनमा हाजिर हुन
हतार हतार !
त्यसपछि बल्ल थाहा पाउली गंगाले
संझनै संझनामा बिताउनु पर्ने
पहाडजस्ता कठिन दिन
र युगजस्ता लामा रातहरूको पीडा
अनि पत्तै नपाई
कसरी सिरानी भिज्छ
कसरी पोको पार्नुपर्छ मनको घाउ
र लकाउन पर्छ छातीभित्र चुपचाप चूपचाप !

घाँस पात डोको नाम्लो
कुटो कोदालो र भकारीको लागि
भित्रिएको हो गौरी
उसले यही संसारमा हराउनु छ
गंगाको नियति पनि त्यही हो
अब उसले पनि
यही दुनियाँमा रमाउनु छ
जति मायाँ प्रेम गर्ने हो
आजैको रात मात्रै हो
जति जे जे बाचा बन्धन बाँध्ने हो
आजैको रात मात्रै हो
घाम नझुर्ल्किदै भोलि बिहान त
बुट कसेर हिडिसक्छ खसम
सात डाँडा काटेर
सिमाना नाघेर
लाहुर लागिसकेपछि के ठेगान
फेरि भेट हुन्छ हुँदैन
थाहा हुँदैन त्यसपछि त
उ आउँछ कि उसको चिट्ठी
आथवा गराउने हो कि कतै
धागोले बाँधेको चिट्ठी ।
पहाड कुरेर बस्नुपर्छ
घरदेखि माइतसम्म चाडवाड
तीर्थ ब्रत आौँसी पुर्णिमा
यही अवसर कुर्नुपर्छ
नत्रभने गोठदेखि घाँस दाउरा
घरदेखि मेलापात
आँगनदेखि खेतबारी
त्यो भन्दा ठूलो संसार
अब उनीहरूको हत्केलाको रेखामा छैन
छ भनेपनि ती रेखाहरू
मेटिएर जान्छन्‌
गंगा गौरी मात्र हैन
सीता सावित्रीका पति
उस्तै हुन्‌ गति नियति
गणेश र गणेशहरूले
बन्धनमा बाँधेर गइसकेपछि
मुक्त हुने कुनै बाटो छैन तिनको
या त मसक्क आँटन सक्न्‌ पर्यो
पोइल जान वाइफाले भएर
हैनभने धैर्य धारण गर्ने सक्नुपर्यो
घर आँगन कुरूवा भएर !

सपनै सपनाको गलैचामा
शुरुवात हुन्छ बेंशको सपना
आकाँक्षै आकाँक्षाको फलैचामा
छटपटिन्छन्‌ ती श्रबोध सपना
र ढल्दछ जब महत्वाकाँक्षाको महल
तुहिन्छन्‌ तो साराका सारा सपना
र बाँच्दछन्‌ गौरी गंगा